काठमाडौँ, १० माघ -  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग भेटघाट गर्नुभएको छ । 

आज (शनिबार) बालुवाटारमा आयोजित  भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतको नेतृत्वले पूर्वजनमुक्ती सेनालाई धोका दिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’