भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी, माननीय मन्त्रीज्युहरु, राजदुत ज्यु,

मेडियाका साथीहरु र उपस्थित सम्पूर्ण बिसिष्ट अतिथिहरु  
नमस्कार, 


मलाई एकदम खुसी लागेको छ, आजको यस दिनमा बोल्दा । मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन समुद्घघाटन कार्यक्रम नेपाल भारतको संयुक्त प्रयासमा सम्पन्न भएको हो  ।

अघिल्लो वर्ष भारत भ्रमणमा छँदा प्रधानमन्त्री मोदी र मैले त्यहाँ यस योजनाको सुभारम्भमा भाग लिएका थियौ ।यस आयोजना आफ्नो तोकिएको मिती भन्दा आधा समय पनि नपुग्दै सम्पन्न भएको छ । साथै हामी दुबैले यस आयोजनाको उत्घाट्न समेत गरेका छौ । 


यो पाइपलाइन प्रोजेक्ट भारत नेपाल बीच र दक्षिण एशियामै आफैमा पहिलो किसिमको हो । मलाई बिश्वास छ, यस परियोजनाले भारत र नेपाल बिच हुने पेट्रोलियम ढुवानीमा समय मात्रै होइन, पैसा, सवारी चाप, वायु प्रदुषण समेत रोक्ने छ । 

यस परियोजनाको सकारात्मक प्रभाव उपभोक्ताको मुल्यमा समेत परेको छ । म खुशी छु, यस अर्थमा कि नेपाल आयल निगमले अग्रिम रुपमा पेट्रोल र डिजलमा प्रति लिटर रु. २  रुपैया घटाएको छ ।  

यस परियोजनाले दुई देश बिच अन्तर–सम्पर्क र अन्तर–निर्भर बढावा दिनेछ । यस महत्वपूर्ण परियोजनामा म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारले गरेको सहयोग र सहकार्यको लागि हार्दिक आभार व्यक्त गर्दछु ।