काठमाडौँ, २२ मंसिर  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताउनु भएको छ।

आज काठमाडौँको दहचोकमा श्रीकृष्ण माविको बिद्यालय भवन उद्घाटन गर्दै उहाँले आफुहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने  बताउदै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिनुभएको छ।

व्यवसायीक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने बताउनु भयो।