काठमाडौं, १४ मंसिर - फिल्मको छायांकन सुरु हुनु अघि नै कलाकार परिवर्तन गरिनु सामान्य भइसकेको छ ।

कलाकार र निर्माण टिमबिच असमझदारी बढ्नाले यस्ता स्थितीहरु पैदा हुन्छन् । त्यस्तै परिवर्तन नेपाल र अमेरिकामा छायांकन हुने तयारीमा रहेको फिल्म ‘रेड वाइन’ मा पनि आएको छ ।

उक्त फिल्मबाट अभिनेता पल शाह बाहिरिएपछि उनको ठाउँमा पुष्प खड्काको प्रवेश भएको जानकारी बाहिरिएको छ । 
 
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पलको जोडी पक्का भएको उक्त फिल्ममा पुष्प खड्काको आगमन भएको बताइएको छ ।  

 
अब फिल्ममा पुष्पले साम्राज्ञीसँग अभिनय गर्नेछन् । फिल्म  ‘रेड वाइन’ को २० प्रतिशत छायांकन काठमाडौं र ८० प्रतिशत अमेरिकामा हुनेछ । फिल्ममा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।