काठमाडौं, २९ चैत्र – बलिउड निर्देशक राजकुमार कपूरको निधन भएको छ । कपूरको बुधवार निजी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् १९८८ को चर्चित कार्यक्रम ‘फौजी’ का निर्देशक समेत रहेका कपूर अभिनेता शाहरुख खानलाई ‘ब्रेक’ दिने निर्देशकका रुपमा समेत बलिउडमा लिने गरिन्छ ।


८७ वर्षको उमेरमा कपूरको निधन भएको हो । सेनाका कर्नेल समेत रहेका कपूर अवकाशपछि मुम्बई आएर विज्ञापन र टिभी शो निर्माण गरेका थिए । उनले उपन्यास ‘ह्वेन शिवा स्माइल्स’ पनि लेखेका छन् ।


उनकी छोरी ऋतम्भराले सामाजिक सञ्जाल फेसबूकमार्फत कपूरको निधन भएको जानकारी गराएकी थिइन् । बिहीवार नै कपूरको अन्तिम संस्कार गरिएको छ ।