बुटवल, २८ पुस – नेपालमा पहिलोपटक लुम्विनीमा  ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)ले कार्यान्वयन गरेको मार्टमा १८ देशका १५० बढीपर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

मार्टमा बिजनेश टु बिजनेश मिटिगं सहित बुद्ध पर्यटन प्रवद्र्धनका बिबिध पक्षका सम्वन्धमा छलफल हुने छ ।

मार्टको आज बिहान लुम्विनीमा एक समारोहका बीच उदघाटन गर्दै सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रि रबिन्द्र अधिकारीले लुम्विनीको पर्यटन प्रवद्र्धन र बिकासका लागि सरकारले बिशेष प्राथमिकता दिएको बताउनु भयो ।

उहाले लुम्विनीमा बढी भन्दा बढी पर्यटक भित्र्याउन भैरहवामा अन्तरराष्टिय गौतम बुद्ध बिमान स्थल निर्माण गरीरहेको र लुम्विनी गुरुयोजनालाई पुरा गर्न सरकारले बिशेष ध्यान दिएको बताउनु भयो । मन्त्रि अधिकारीले मार्टको आयोजना जस्तै कुनै न कुनै प्रकारका बिशेष कार्यक्रम प्रत्येक महिना आयोजना गर्नुपर्ने बताउनु भयो ।

सन २०१९ को सेप्टेम्वरमा गौतम बुद्ध अन्तरराष्टिय बिमानस्थलबाट उडान सुरु गर्ने  सरकारले तयारी गरीरहेको बताउनु भयो ।उहाले सन २०२० मा २० लाख पर्यटक नेपाल भित्रने बताउनु भयो । नेपालको पर्यटक पवद्र्धनका लागि निजी क्षेत्रको भुमिका रहने उल्लेख गर्दै उहाले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्यका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

नेपालको बिकास र समृद्धिको आधार पर्यटन भएकाले सरकारले बिमानस्थल निर्माण सहित पर्यटन प्रवद्र्धनका कार्यक्रम सरकारले अघि सारेको बताउनु भयो ।  उहाले भन्नुभयो कही अनियमितता र खराबी भएको भए कारवाहीको भागी हुन्छ तर अव पर्यटनको बिकास रोकिदैन भन्नुभयो ।

उहाले स्वदेशी र बाह्य लगानी भित्र्याउदै लगानीको सुरक्षाको ग्यारेण्टी पनि सरकारले लिने बताउनु भयो ।

प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले संघिय सरकारको पर्यटन प्रवद्र्धनलाई सहयोग पुर्याउन प्रदेश सरकारले आगामी बर्ष २०७६ साललाई प्रदेश सरकारले पनि लुम्विनी भ्रमण बर्षका रुपमा अघि सारेको बताउनु भयो ।

कार्यक्रममा लुम्विनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र, अन्र्तराष्टिय टाभल संघका आशिष गुप्ता , सस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयका सचिव कृष्ण देवकोटा, अष्टेलियाका प्रतिनिधि स्टेस कैमिसी , भिजिट नेपाल२०२० का संयोजक सुरज बैद्य लगायतले बोल्नु भएको थियो ।
भोली सम्म चल्ने मार्टमा मार्टका सहभागिहरुलाई, तानसेन तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने छ ।