स्याङ्जा, २७ जेठ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा आज दुर्घटनामा परको छ । मन्त्री महासेठ भने सकुशल हुनुहुन्छ ।

अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिनुभयो । मन्त्री महासेठ पोखरा पुग्नुभएको खबर प्राप्त भएको उहाँले बताउनुभयो ।

खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो ।

रासस