के तपाईहरुलाई गणतन्त्र उल्टाउने तरखरको आभास भइरहेको हो ?

नेपालमा हरेक पटक के भएको छ भने आन्दोलन सफल हुन्छ । आन्दोलनलाई संस्थागत गर्ने हामी प्रक्रियामा जान्छौं। संविधान बनाउँछौं, संविधानबाट त्यसलाई कार्यान्वयनमा लाने एउटा निश्चितअवधि लिन्छ त्यसले। त्यो अवधि लिन नपाउँदै यो व्यवस्था बेठिक भयो, यो व्यवस्थाले गर्न सकेन भनेर व्यवस्था कै विरुद्धमा अफवाह फैलाउने र त्यसका आधारमा अस्थिरता उत्पन्न गरेर त्यो व्यवस्था माथि प्रश्न चिन्ह खडा गर्ने २००७ सालदेखि हामीले पटक पटक भोग्दै आएकोअवस्था हो। यही कुरा अरु मुलुकमा तपाईं तुलना गर्नुभयो भने व्यवस्था स्थापित हुन्छ। अनि त्यो राज्यसंचालन गर्ने जो निकायमा पुग्छ उसलाई निर्वाचनका माध्यमबाट पाँच वर्षसम्म दिइन्छ। नहुदा पाँचवर्ष पछि जनताले अर्कोपार्टी राजनीतिक पार्टी शक्तिलाई छान्ने चलनछ। तर यहाँ के सुनिदैछ भनेर भन्दा यो बहुदलीय व्यवस्था नै खराब, गणतन्त्र नै खराब, धेरै ओटा छोटा राजा भए भन्ने नाममा यो अहिले हामीले ल्याइरहेको संविधानमाथि नै प्रश्न उठाउने विगतकै परम्परा दोयाउँन खोजिएको र सडकमा त्यस किसिमका कुराहरु सुनिन थालेको कुरालाई मैले इंकित गरेको हुँ।

राजतन्त्रका पक्षपातीहरु पहिले पनि थिए, गणतन्त्रको विरुद्धमा उनीहरुले आवाज पहिले बाट उठाउँदै आएका छन्। अहिले जोखिमबढेर तपाईले भन्नुभएको हो  र?

होइन बढ्न पनि सक्छ नि। किनभने विगत त हामीले देखेकाछौं । पाएका अधिकारहरु खोसिएकाछन् हम्रा,  संविधानहरुलाई सस्पेन्स गरिएकोछ पटक पटक। इतिहासले पटक पटक गरेर भोग्दै आएका कुरालाई अब गर्नु हुदैन भनेर हामीले सचेत हुन पर्छ भन्न खोजिएको हो।

भनेको त्यो बढेकोछ ? त्यसकारण सर्तकताको निम्ति तपाईले ध्यानकर्षण गराएको हो ?

बढ्न पनि सक्छ। त्यस्ता आवाज पनि सुनिन थालेका छन्। गलत आवाजहरु गलत निकायहरुबाट गलत तरिकाबाटआउनुहुदैन।


तपाईले गलत तरिका र गलत निकायबाटआएको भन्नुभयो नि, निकाय र तरिका कसलाई भन्नु भएको हो  ?

संविधानभन्दा बाहिरबाट बोल्नेहरुलाई भनेको हो ।

 

कसले बोल्यो त्यस्तो  र?

बोलि राखेका छन्त। अब कसले भनेर मैले यहीभनेर किन भन्नु  प¥यो र ।

 

सरकारलाई त्यस्तो लागि सकेको रहेछ भनेत जनतालाई त भन्नुप¥यो नी र?

त्यो तपाईले पनि देख्नु भएको छ, मैले पनि देखेको छु । प्रतिबन्धित राजनीतिक दलहरुका गतिविधिहरु पनि त्यहाँ छन् । संविधानभन्दा बाहिर रहेर नाराहरु,  भनाइहरु आइरहेका छन्त।

दुई ओटा कुराभन्नु भयो तपाईंले एउटा त संविधानको मर्म भन्दा बाहिर रहेर कुरा गर्ने भनेर राप्रपालाई भन्नखोज्नु भएको होला तपाईंले र?

होइन, संविधानभन्दा बाहिरका एजेण्डा ज –जसले बोकेकाछन्, त्यसैलाईभनिन्छ।

तपाईंले प्रतिबन्धित पनि भन्नुभयो पार्टीमा भनेको त्यो नेत्र विक्रम चन्दहरु पनि राजा फर्काउन खोजे ?

होइन, नेत्रविक्रम चन्दहरु पनि त यो व्यवस्था उल्टाउने काममा त लागेका छन्नि । यो संविधान असफल बनाउन लागेका छैनन्त्र र?

भनेको त्यसले अन्ततगोत्वा राजतन्त्र फर्काउने शक्तिलाई नै सहयोग पु¥याउँछ भन्ने तपाईको बुझाइ हो ?

प्रतिगामी शक्तिलाई नै सहयोग पु¥याउँछ । यतिबेला हामीले जनताले लामो संघर्षबाट पाएका अधिकारहरु संस्थागत गरिएका विषयहरुलाई उल्ट्याउन खोज्दा त्यसको सहयोग अन्ततोगत्वा प्रतिगामीशक्तिलाई नैं हुन्छ । जुनकुरा हामीले विगतमा भोगेका छौं।

अनि तपाईले टिवट्मा क–कसलाई कसो गरिए ठाउँमा ल्याउन सकिन्छ भने भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था पनि भन्नु भएको छ । कसले एक ठाउँमा कसरी ल्याउँन खोजि राखेको छ र?

तिनै शक्तिहरु यो संविधान,  यो व्यवस्था चित्त बुझेको छैन् । हिजोका आन्दोलनबाट किनारा लागेका शक्तिहरु त्यसो गर्न सकिन्छ कि भनेर लागेको हामीले आभास पाएका छौं । 

अनि बाहिरका शक्ति भनेर कसलाई संकेत गर्नु भएको हो र?

बाहिरका शक्ति भनेर जो जो त्यो ल्याउनु हुदैन भनेर लाग्ने शक्तिलाई नै इंगित गर्न खोजिएको हो।

त्यस्तो छ, मित्रराष्ट्रहरु पनि ?

होइन, त्यो त तपाईंले नाम लिनु भयो होइन । मैले त भित्र बाहिरका शक्ति भनेर भनेको छु । मैले भनेका कुरा मात्रै बुझौंन । 

अलिकति जनताले पनि बुझ्नेगरि भन्दिनु प¥यो ?

मैले बुझ्ने गरि नै भनेको छु भन्ने त मैले हो नि । मैले जनतालाई जे कुरा सम्प्रेषण गर्न खोजेको छु त्यही कुरा नै सजिलो हुन्छ । 

यो कस्तो बेला आयो भने राजपा र समाजवादी पार्टी एउटा सरकारमा छ, एउटा विपक्षमा छ । ति दुई बीच एकीकरणका चर्चा चलि राखेको बेलामा ?

तपाईको इन्टर प्रिटेशन हो । मैले लेखेको भाषाले त्यो कुरा दिदैन । मैले त्यहाँ प्रष्ट रुपमा भनेको छु,  यो व्यवस्था उल्टाउन खोज्ने शक्तिहरु । यो संविधानलाई उल्टाउन खोज्नेहरु जसलाई यो हिजो ल्याएको चित्त बुझेको छैन भन्ने शक्तिलाई इंगित गर्न खोजिएको भन्ने बुझ्नु प¥यो।

इतिहास दोहो¥याउँने कुचेष्टा भनेर छुट्टै वाक्य पनि राख्नु भएको छ । त्यो भनेको विगतमा प्रचण्डले केपी ओलीको सरकार ढालेर सरकार बनाएका थिए । कतै त्यसतर्फ संकेत गरेको हो की ?

यो चाँहि तपाईंको अनौठो लाग्छ । तपाईंको आफ्नोखालको व्याख्या गर्ने होइन । मैले श्रृखंलावद्धरुपमा भनेको छु सुरुमा मैले जे भनेको छु, त्यसैको निरन्तरताको रुपमा इतिहास मैले अघि नै भने २००७ सालमा हामीले आन्दोलन ग¥यौं, ०४६सालमा आन्दोलन ग¥यौं । पटक पटक हाम्रा आन्दोलनहरु खोसिए । पटक पटक हामीले संविधान ५र६ ओटा बनाउनु पर्यो यो मुलुकमा । त्यस कुरा तर्फ इंगित गरेर मैले भनेको हुँ । त्यसतर्फ जानुहुदैन भन्ने हो मेरो भनाइ।


सन्दर्भ कस्तो पर्योभने अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच मतभेदका खबरहरु आइराखेको बेलामा तपाईं यो टिविट् गरेको हुनाले .... ?

तपाईंले जोड्न चाहनुभयो । त्यसको लागि अब तपाईंलाई म के भनौं रु धन्यवाद नै दिउ । किनभने तपाईंले नभएको कुरा जोड्दिनुभयो।

भनेको तपाईंसँग स्पष्ट हुन खोजेको कारण के भने विभिन्न किसिमले विभिन्न अर्थ लगाउन सकिने अवस्था देखियो । तर तपाईंले त्यो कुरा अस्वीकार गर्नुभयो र?

त्यस्तो अर्थ लाग्दैन नि।    

तपाईंले बढ्दो जनअपेक्षा सरकारको कमजोर डेलिभरी प्रणाली यसबाट उत्पन्न जन असन्तुष्टिलाई प्रयोग गर्न खोजेको भन्नु भएको छ होइन ?  यसले चाहिं सरकारको कमजोरी छ भन्ने तपाई ले स्वीकार्नु हुन्छ ?

जनताकोअपेक्षा बढ्दो छ । त्यो बढ्दो जन अपेक्षा पुरा गर्नका लागि सरकार ले जुन किसिमको सर्भिस डेलिभरी गर्नुपर्ने हो । बढ्दो उसमा कमजोरी छ भन्न खोजेको हो मैले।


हो त्यो कमजोरी स्वीकारे पछि सरकार आफै हाँकिराख्नु भएको छ । त्यो काम गर्दिने बित्तिकै त यति धेरै चिन्ता सार्वजनिक नै गर्नुपर्ने थिएन नि त । त्यो आत्मविश्वास अलि कमजोर भएको होकी ?

हाम्रो जस्तो देशमा साधन स्रोत र जनताको आंकाक्षा को बीचमा खाडल पर्ने गर्छ । त्यो खाडल को व्यवस्थापन सरकारले गर्नुपर्छ । तर, त्यो गर्नका लागि निश्चित समय लाग्छ । त्यसतर्फ उन्मुख छ की छैन भनेर हेरिनुपर्छ । त्यो उन्मुख छ भने त्यो खाडल पुरिदै भन्नेतर्फ जाने कुरा सकारात्मकरुपमा लिनुपर्छ तर हामीकोमा के भयो भने त्यही अवस्था आउने जुनखालको जनअसन्तोष हो । त्यसलाई प्रयोग गरेर व्यवस्था कै विरुद्धमा जाने विगतको प्रवृति दोहोरिन सक्नेतर्फको संम्भावना इंगित हो।

जनताले त पाँच वर्षको लागि भनेर तपाईंहरुलाई जिताएसकेका छन् नी  ?

त्यही पाँच वर्षकै निम्ति भनेर पठाएको हुनाले पाँच वर्षसम्म उसले काम गरेर दिने समय अवधि दिनुपर्छ भन्ने हो ।


तपाई कै पार्टी अध्यक्षले त सरकारको नेतृत्व आलोपालो गर्ने सहमती नै गरेका रहेछन् । भनेपछि त पाँच वर्ष त तपाईंले नपाउने अवस्था देखिहाल्यो नि ?

होइन अब उहाँहरुले के गर्नु भएको छ । औपचारिकरुपमा हामीलाई भन्नुभएको छैन् । औपचारिकरुपमा नभनेपछि मैले त्यसमा बोल्न मिलेन हैन  रु  तर नेकपालाई सूर्यचिन्हमा मतदान दिएर पाँचवर्षका लागि निर्वाचित गरेको हो । पाँचवर्षसम्म पर्खने धैर्यता हरेकसँग हुनुपर्छ । त्यो व्यवस्थाको कुराका लागि जो कोही तयार रहनु पर्छ । नभए ठिक छ जनतासँग विकल्प जहिले पनि छ।

होइन तपाईंले सूर्य चिन्हलाई मात्र भन्नुभयो । सूर्यचिन्हलाई मात्र दिएको होइन नि त, माओवादी... ?

पछित सूर्य चिन्ह नै भएको छ अहिले । एकीकरण पछिको चिन्ह सूर्य नै रहेको छ।

त्यसो भए नेतृत्व पनि परिवर्तन हुदैन ?

मैले बुझेसम्म यो पाँचवर्ष कै लागिसम्म हाम्रै पार्टी अध्यक्षले नै बोलिराख्नु भएको छ । ठूला नेताहरुले बोलिराख्नु भएको छ । अहिले मैले जे बुझेको छु त्यही बोल्नु पर्यो नि ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार  डा. राजन भट्टराईसँग विविसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा २०७६असार ११ गते साँझ प्रशारित अन्तर्वार्ता