काठमाडौं, २० मंसिर–प्रस्तावित राजदुतहरुमाथिको सुनुवाई संसदीय समितिले आइतबारदेखि शुरु गर्दैछ ।यता राजदुतहरुको सुनुवाईको तालिका सार्वजनिक भएकै बेला अस्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पा भने गम्भीर विवादमा मुछिएकी छिन् ।

पूर्वमाओवादीको कोटाबाट राजदुत बनेकी शेर्पामाथि मानव तस्करीको आरोप लागेको छ । राजदुतबन्दा नै ‘पैसा’ र ‘प्रभाव’ कारण बनेकी भनेर विवादमा आएकी उनीमाथि यो नयाँ काण्डसँगै छानवीन शुरु भएको छ । अहिले शेर्पालाई राजदुत सिफारिस गर्ने नेताको खोजीसमेत नेकपाभित्र शुरुभएको छ ।  

नेपाली राजदूतावास क्यानबारामा चालकको काम गरेका ओङ्छु शेर्पाले राजदूत लक्की र उनका पतिले विदेश पठाइदिने भन्दै रकम असुल्ने गरेको गम्भीर आरोप लगाएका छन् । राजदूत दम्पतीबाट आफू पीडित भएको शेर्पाले प्रमाणसहित सार्वजनिक गरेका छन् ।

श्रोतका अनुसार, यो समाचार आएलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्ता गम्भीर विवादमाथि छानवीन हुने बताउँदै आएका थिए । मन्त्रालयले बुधबार एक छानवीन समिति बनाएको छ । 

लक्की राजदूत हुनुअघि नै ओङ्छुलाई उनी र उनका पतिले  अमेरिका पठाइदिने भन्दै २२ लाख र पछि दुईपटक गरी १०–१० लाख रकम दिएपनि अमेरिका पठाउन सकेनन् । जव लक्की राजदुत बनिन्, त्यसपछि ओङछुलाई पनि अस्टे«लिया लैजाने लगे । दूतावासमै चालकको काम गरेका उनले उनले आफ्नो पैसा मागेपछि चोरीको आरोप लगाउँदै उल्टै मुद्दा दायर गर्नेसम्मको काम राजदुतले गरिन् । राजदूत भएपछि शेर्पाले चर्को रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको उनले आरोप लगाएका छन् ।
 
राजदुत भनेका देश र सरकारका प्रतिनिधी हुन । सरकारका नीति तथा कार्यक्रमको प्रतिनिधित्व गर्दै आथिथ्यता प्रदान गर्ने राष्ट्रमा देशको छबी कायम राख्ने काममा संलग्न हुनुपर्छ । सम्वन्धित देशले राजदुतमार्फत सम्वन्ध विकास गर्ने हो । 

त्यसैले अधिकारसम्पन्न राजदुतलाई कूटनीतिक उन्मुक्ति पनि दिइन्छ । तर त्यसको दुरुप्रयोग गर्दै अवैध ढंगबाट पैसा कमाउने धन्दामा कोही राजदुत संलग्न हुन्छ भने त्यस्तालाई सरकारले फिर्ता बोलाउनुपर्छ ।

सामान्य कूटनीतिक मर्यादा र आचरण पनि नबुझ्ने व्यक्तिलाई राजदुत बनाएर पठाउँदा यस्ता गम्भीर विवाद आउँछन् । राजदुत बन्न नै लगानी गरेपछि त्यो उठाउने कार्यमा संलग्न हुने सम्भावना रहन्छ । लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोप गम्भीर छ । सरकारले छानवीन गरी कुनै पनि खालको संलग्नता पाएमा तत्काल फिर्ता बोलाउनुपर्छ ।  

मानव तस्करीबाट आएको पैसाबाट राजदूत शेर्पाले काठमाडौंको नयाँपाटीमा दुई रोपनी जग्गा खरिद गरेको श्रोतको दाबी छ । ओङ्छु शेर्पाले राजदूतले खरिद गरेको जग्गाको कागजपत्र र तिरेको पैसा आफूसँग रहेको बताएका छन् । ओङ्छुले उक्त घरको कम्पाउण्ड समेत निशुल्क लगाइदिएको दाबी पनि गरेका छन् ।