ललितपुर, २९ भदौ २९– समाचार लेखेको विषयमा पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएका पत्रकार राजु बस्नेत रिहा भएका छन् । 

जिल्ला अदालत ललितपुरले शुक्रवार बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।  शुक्रवार थुनछेक बहसपछि अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

बस्नेतको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा भने उनलाई अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एक इजलाशले पक्राउ गर्नुको कारणसहित बन्दी बस्नेतलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको हो ।  रमिता बस्नेतले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश जारी गरेको हो ।