काठमाडौँ,२७ असार– गृहमन्त्री रामबहादुर थापाले टिपरलाई उपत्यकाभित्र रातचको समयममा मात्र चलाउननिर्देशन दिनुभएको छ। गृहमन्त्रीको निर्देशनसँगै अब उपत्यकामा टिपरहरु निश्चित समयमा मात्र चलाउने व्यवस्था मिलाइने बताइन्छ । 

बुधवार गृहमन्त्री थापाले उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर निश्चित समयमा मात्र टिपर चलाउन निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले साँझ ८ बजेदेखि विहान ५ बजेसम्म मात्र टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । 

पछिल्लो समयमा उपत्यका भित्र टिपरको ठक्करबाट मृत्यु हुनेको सङख्या बढेसँगै गृहमन्त्रीको यस्तो निर्देशन आएको हो।