एउटा सकारात्मक अभियानले रोजगारी सृजना गर्न र युवालाई रोजगारीमा सहभागि गराउन उल्लेख्य योगदान पु¥याउन सक्छ । यसबारेमा सहकारी, राज्य र निजिक्षेत्रसँग सहकार्य हुन सक्यो र सरकारले सहयोग एवं अनुकुल वातावरण बनाउने हो भने निजी र सहकारीको माध्यमबाटै देशमा वार्षिक लाखौ मानिसलाई रोजगार बनाउन सम्भव देखिन्छ । त्यसका लागि सरकारले पहिलो चरणमा निम्न अनुसारको कार्य गर्नुपर्छ ।

सरकार (तीनै तह)ले गर्नुपर्ने काम :
रोजगारीमा संलग्नहरुको तथ्याङ्क सङ्कलन र परिचयपत्र वितरण एंव आवधिक नवीकरण गर्नुपर्छ । यो १८ वर्षदेखि ६५ वर्षसम्मका स्वदेशी वा विदेशी दुवैको लागि लागु गर्नुपर्छ । परिचयपत्र बेरोजगारलाई होइन, रोजगारलाई मात्र दिनुपर्छ । सरकार बेरोजगारलाई परिचयपत्र दिने उल्टा काम गर्ने सोचाईमा देखिन्छ । अरुको सम्पति आप्mनो बनाउन सधै लालायित हुने हाम्रो समाजमा बेरोजगारलाई परिचयपत्र दिंदा रोजगार हुनेले पनि लिन्छन् र सरकारसँग बेरोजगार भएको भनेर सुविधा माग गर्न पुग्छन् । त्यसैले यसको दुरुपयोगको खतरा रहन्छ । सामाजिक हिसावले पनि रोजगारलाई मात्र परिचयपत्र दिंदा यसले रोजगारीमा संलग्न हुनु सम्मानको कुरा हो भन्ने बोध भएर श्रमप्रति सामाजिक सम्मान बढ्न जान्छ । 

म किन पनि यसो भनिरहेको छु भने हालसालै सरकारले केही जिल्लामा नमुनाको रुपमा गरिव घरपरिवारको पहिचान गरेर परिचयपत्र दिने काम शुरु ग¥यो । तर परिचयपत्र लिने वास्तविक गरिव परिवारभन्दा हुनेखाने धेरै भएको सञ्चार माध्यममा आएको छ । त्यसैगरि अनौपचारिक क्षेत्रमा रोजगार भएका मानिससँग रोजगार भएको आधिकारिक परिचयपत्र हुदैन । त्यसकारण त्यस्ता मानिस पनि बेरोजगार भएको परिचयपत्र लिन जान्छन् । गृहसेवामा रहेका आमा, दिदीबहिनीहरु सबै बेरोजगार होइनन् । त्यसमद्ये जसको परिवारमा अरु प्रत्यक्ष आयश्रोतसँग सम्वन्ध गाँसिएका मानिस छैनन् वास्तवमा ती मात्रै बेरोजगार हुन् । यसरी बेरोजगार भएको परिचयपत्र बनाउदा ठूलो भिड लाग्ने सम्भावना हुन्छ । यस्तो ठूलो भिडमा वास्तविक बेरोजगार चेपिने र उनीहरुको मुद्दा ओझेल पर्नेगर्छ । त्यसैले पहिला ‘म रोजगार हुँ’ भन्ने परिचयपत्र सगौरव लिन जाने वातावरण बनाउन सरकार लाग्नुपर्छ । स्वरोजगार परिचयपत्र रोजगारीका क्षेत्र निजी व्यवसाय ः सेवा, व्यापार, उद्योग, कृषिमा संलग्न भएर काम गरिरहेकाहरुलाई दिनुपर्छ ।

सेवा व्यवसाय भन्नाले हामीले खासै महत्व नदिएको तर धेरै मानिस संलग्न भएको गृह सेवा (परिवारको हेरचाह, घरायसी काम ः खाना बनाउने, घरेलु सरसफाइ, बालबच्चा, असक्त र जेष्ठ नागरिकको स्याहार आदि)मा कार्यरत सबैलाई दिनुपर्छ । खासगरी गृहिणी भनेर परिचय दिने तर आपूmले गरिरहेको गृहसेवाको अति नै महत्वपूर्ण कार्यलाई रोजगारको क्षेत्र नै नमान्ने चलन बदल्न पनि यो सेवामा कार्यरत् सबैलाई (स्वरोजगार वा जागिरे) रोजगार परिचयपत्र दिनुपर्छ । यसले मेरो कामको पनि राज्यले मान्यता दिएको छ भन्ने गर्वबोध हुन्छ ।

अबका दिनमा नेपालीहरु विदेशमा गएर यस्तै गृहसेवा गरेवापत रोजगार हुने र यहाँ घरमा वा स्वदेशमा यो काम गरेवापत बेरोजगार हुनुपर्ने किन ? फेरी यो काम कुनै साधारण र चानचुने त होइन नी । त्यसैले सेवाक्षेत्रमा सबैभन्दा माथि अर्थात् सम्मानित रोजगारको रुपमा गृहसेवाको परिचयपत्र सरकारले दिनुपर्छ । यसो भयोभने यो सेवामा लाग्ने महिलाको सम्मान नै हुन्छ ।

त्यसैगरि यातायात, निर्माण, आइटी, सूचना तथा सञ्चार, पर्यटन, होटल, रेष्टुरेण्ट, स्वास्थ्य, शिक्षा, सहकारी, बैङ्किङ, बिमा, कानुन लगायतको सेवा क्षेत्रमा कार्यरत सबैलाई रोजगार भएको परिचयपत्र दिँदा स्वरोजगार भएर काम गरिरहेका सबैलाई मेरो कामको सम्मान भएको छ भन्ने बोध र आप्mनो काम प्रति गर्व हुन्छ । 

यस्तै लघु सेवा व्यवसाय : रिक्सा, ठेला, सिलाई कटाई, केश कटाई, जुत्ता सिलाई, ब्युटीपार्लर, साना मर्मतका सेवा ः इलेक्ट्रोनिक (कम्प्युटर, मोबाइल, टिभी, फ्रिज, एसी आदि), सवारी मर्मत आदिमा स्वरोजगार भएका सबैको सम्मान गर्न रोजगार परिचयपत्र दिनुपर्छ । यसले कामको सम्मान गर्ने परिपाटीको विकास हुन्छ । यसबाट कुन क्षेत्रमा कति मानिसले रोजगारी पाएका छन् त्यसमध्ये कति स्वदेशी र कति विदेशी छन् भन्ने पनि पत्ता लाग्छ । यसबाट हामीले धेरै रोजगार दिने क्षेत्रलाई थप व्यवस्थित गर्न र कम रोजगारीका क्षेत्रमा रोजगारी बढाउने उपाय ल्याउन सक्छौं । त्यसैगरि कुन क्षेत्रमा ज्यादा अस्थिरता छ कुन क्षेत्र बढी सुरक्षित छ भन्ने पनि थाहा हुन्छ ।

व्यापारमा संलग्न सडकदेखि महलसम्मका, उद्योगमा संलग्न सानादेखि ठूलासम्म,  कृषि पेशामा भएका खाद्यान्न, माछा–मासु, तरकारी, फलपूmल, दुध, जडिबुटी, वन, नगदे बाली आदिमा कार्यरत भएर स्वरोजगार भएकालाई स्वरोजगार भएको परिचयपत्र दिन किन कन्जुस्याईं गर्ने ? यसले आफुले गरेको कामको सम्मान हुँदा मानिस खुसी हुन्छन् । यसले पेशाव्यवसायमा लागि रहन प्रेरणा मिल्छ । पेशा असफल हुने, पेशा बदल्ने र फेरी बेरोजगार हुने प्रतिशत कम हुन्छ ।

सरकारी क्षेत्रका सबै जागिरेसँग रोजगार भएको परिचयपत्र भएजस्तै निजी र सहकारी क्षेत्रमा जागिर खाएर रोजगारीमा भएका सबैलाई परिचयपत्र  दिंदा रोजगार हुनुको गौरव गर्ने अवस्था हुन्छ । त्यस्तै वैदेशिक रोजगारमा भएकाहरुको विवरण लिएर उनीहरु गएको देश, बसेको अवधि, अनुभव, रुचि आदि लिन र सोही अनुसारको भूमिकामा विकास गर्न सकिन्छ ताकि फर्केर आउँदा बेरोजगार बन्ने अवस्था नहोस् ।

परिचयपत्रको वर्गिकरण गर्नुपर्छ । आफू आफ्नो व्यवसायमा स्वरोजगार भएर अरुलाई पनि रोजगारी प्रदान गर्न सक्नेलाई विशिष्ट दर्जाको स्वरोजगार परिचयपत्र, आपूm र आफ्नो परिवार मात्रै काममा संलग्न भएको पेशाव्यवसाय गरेर रोजगार हुनेलाई उत्कृष्ट दर्जाको रोजगार परिचयपत्र र अरुको पेशा व्यवसायमा सेवा गरेर भएको रोजगारलाई प्रथम दर्जाको परिचयपत्र दिनुपर्छ ।

सरकारी सेवामा भएकालाई सरकारी सेवामा र बैदेशिक रोजगारमा भएकालाई सोही आधारमा परिचयपत्र दिनु उपयुक्त हुन्छ । यसो हुन सके मानिसलाई विशिष्ट वा उत्कृष्ट स्वरोजगार भएको परिचयपत्र लिन प्रोत्साहन हुनेछ । यस्तो परिचय पत्र लिन आपूmले गरिरहेको पेशाव्यावसायको दर्ता प्रमाणपत्र अनिवार्य गर्नुपर्छ । यसो हुनु सके मानिसमा उद्यमशिलताको आकर्षण बढ्न जान्छ ।

हालको अवस्था कस्तो छभने प्रायः सबै व्यवसायमा दक्ष जनशक्तिको खाँचो छ । त्यसैले नेपालले विप्रेषणबाट जति रकम प्राप्त गर्छ त्यसको आधाभन्दा बढी बगेर भारततर्फ विप्रेशणकै रुपमा जाने गरेको छ भन्ने सुनिन्छ । नेपालमा झण्डै पाँचलाख विदेशीले काम गरिरहेको अनुमान छ । साना व्यवसायको क्षेत्रमा त योभन्दा पनि बढीको संख्या भएको अनुमान छ । शिक्षित बेरोजगार बढनुको कारण ः शिक्षा छ, सीप छैन । श्रम गर्नेहरुप्रति सामाजिक सम्मानको अभाव छ । सीप भएकाहरुसँग यदि शिक्षा छैन भने उनीहरु दक्ष कामदार बन्न धेरै समय लाग्ने र हम्मेहम्मे पर्ने हुन्छ । रोजगार भएकाहरुलाई टिकाउन सकेमात्रै पनि ठूलो उपलब्धी हुन्छ । रोजगारमा टिक्न र प्रगति गर्न शिक्षा, तालिम, सीप, प्रतिष्पर्धी क्षमता, पूँजी सरकारको सहयोग, आत्मविश्वास, पेसा व्यवसायको सामाजिक सम्मान, आम्दानी (नाफा) आवश्यक पर्छ । सरकार, निजीक्षेत्र, सहकारी सबैले यसमा विशेष ध्यान दिएर कार्यव्रmम ल्याउनुपर्छ ।

व्यवसायीहरु (जो आफ्नै व्यवसायमा रोजगार छन् र अरुलाई पनि रोजगारी दिन सक्छन्) सम्मानित हुने वातावरण बन्नुपर्छ । साना व्यवसायले धेरैलाई रोजगारी दिएर राज्यलाई ठूलो सहयोग गरेको अवस्था छ तर राज्यको ढिकुटीबाट तलव, भत्ता, सेवा सुविधा लिनेहरु तिनलाई हेप्ने गर्छन् । मानिस हेपिन चाहदैनन्, हेप्न सक्ने हुन चाहन्छन्, त्यसैले हेपिने काममा युवाको आकर्षण छैन ।

रोजगारी बढाउनका लागि स्वरोजगार बनेकाहरुलाई र अरुलाई रोजगारी दिन सक्नेलाई सम्मान गर्ने वातावरण बन्नुपर्छ । सरकारले (स्थानीय तहबाटै)  ‘तपाईँले स्वरोजगार बनेर राज्यलाई सेवा गर्नुभएकोमा धन्यवाद छ’ मात्रैभन्दा पनि आफ्नो कामको मूल्याङ्कन हुँदोरहेछ भन्ने बोध र गौरव अनुभूति हुन्छ । त्यसैगरी तपाईले यति जनशक्तिलाई रोजगारी दिनुभएकोमा धन्यवाद दिन्छु मात्रै भन्दा पनि सरकार प्रति विश्वास र आप्mनो कार्य प्रति सन्तुष्टि एवं गर्व हुनजान्छ ।

व्यक्तिगत प्रयासबाट सीप सिकेर रोजगार बन्न सफल भएकाहरुलाई परिचयपत्रसहित धन्यवाद दिँँदा कामको कदर र सम्मान हुने कुराले मानिसलाई आकर्षित गर्छ । विद्यालयको प्रमाणपत्र भएका तर सीप नभएकाहरुले सीप सिक्न चाहेमा त्यस्ता व्यक्तिलाई सहकारी र निजीक्षेत्रसँग सहकार्य गरेर राज्यले सहयोग र प्रोत्साहन गर्नुपर्छ । यसको लागि यस्ता व्यक्तिलाई ‘लर्निङ पिरियड’को लागि भनेर राज्यले मासिक केही रकम दिने होभने शिपको विकास हुने र लर्निङ समय पछि स्वतः रोजगार बन्न सक्छन् । रोजगार दातालाई लर्निङ समयका लागि केही सस्तोमा श्रमिक पाउने हुँदा उनीहरुले पनि सजिलै काम सिकाउने र काम दिने गर्नेछन् ।

विद्यालयको प्रमाणपत्र भएका प्रायसँग सीप नहुने भएकाले हत्तपत्त रोजगारी पाउन सक्दैनन् । विद्यालयको प्रमाणपत्रका आधारमा मात्रै प्रतिष्पर्धा गरेर रोजगारी पाउने स्थान सिमित हुन्छन् । सबैले त्यसैमा रोजगारी पाउने सम्भावना नै हँुदैन । सानातिना प्राविधिक ज्ञान र सीप भएका मानिस जसले श्रम गर्दा अपमानित अनुभूति गर्दैनन् र श्रम गर्न तयार छन् । यस्ता मानिसको बजारमा माग धेरै छ । माग भएका स्थानमा स्वदेशीले काम नगरेपछि विदेशीले अवसर पाएका छन् ।

कुनैपनि क्षेत्रमा प्राविधिक ज्ञान र सीप आर्जन गरेर रोजगार बन्न सफल व्यक्तिलाई सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्राविधिक ज्ञान र सीप भएको भनेर प्रमाण पत्र दिने व्यवस्था गर्दा श्रमको सम्मान हुन्छ । युवाको आकर्षण श्रममा हुनेगर्छ । 

सहकारीले कसरी रोजगारीको सिर्जना गर्नसक्छ ? 
सहकारी समुदायमा भएका व्यक्तिहरुको आफ्नो संस्था हो । सुरुमा सहकारीलाई वित्तीय कारोबार गर्ने संस्थाको रुपमा मात्रै बुझेपनि वास्तवमा यो त्यतिमा सिमित हुँदैन । त्यसैले समुदायका विशेषगरी कामको आवश्यकता भएका युवाको पहिचान सहकारीले सजिलै गर्नसक्छ । त्यस्ता युवाको क्षमता, रुची, सम्भावना आदिलाई हेरेर रोजगारमूलक सीप सिकाउने, छोटो अवधिको तालिम दिने, बीउ पूँजी उपलब्ध गराउने, नियमित अनुगमन गर्ने, उत्पादनको बजारको खोजी गर्न सघाउने, श्रम र सीपको सम्मानको उचित वातावरण बनाउने जस्ता काममा सहकारीले ठूलो भूमिका निर्वाह गर्नसक्छ । यसका लागि सरकार, सहकारी र निजीक्षेत्रको सहकार्य आवश्यक हुन्छ ।

सहकारीले आफूले कुन क्षेत्रको जनशक्तिको विकास गर्ने सम्भावना बढी छ त्यो क्षेत्रमा काम गर्ने गरी योजना बनाउने । जस्तै ः ग्रामीण क्षेत्रमा भएको सहकारीले कृषिको उत्पादनको सम्भावनामा बढी जोड दिनसके राम्रो हुन्छ । त्यसैअनुसार कृषिको विधि प्रविधिका बारेमा युवालाई सिकाउने, प्रयोग गर्न प्रेरित गर्ने गर्नु उपयुक्त हुन्छ । तर सहर केन्द्रित सहकारीले सहरमा आवश्यक पर्ने जनशक्तिको पहिचान गरेर त्यसै अनुरुपको शिक्षा, तालिम दिएर रोजगारदातासँग मध्यस्तता गर्न सकिन्छ । बीउ पूँजीको व्यवस्था गरिदिएर स्वरोजगार बनाउन सकिन्छ । सानातिना उद्यमशिलताको बाटो देखाउन सकिन्छ । आवधिक मूल्याङ्न गरेर अनुभवबाट सिक्न र सिकाउन सकिन्छ ।

एउटा प्रारम्भिक सहकारीले वर्षका २० जनादेखि २०० जनासम्मलाई मात्रै रोजगारीमा आकर्षित गर्न र भएकालाई टिकाउन सक्ने हो भने पाँच वर्षमा सहकारीको क्षेत्रबाट मात्रै सिर्जना र विकास हुने रोजगारी निकै लोभलाग्दो हुनसक्छ । यो काममा सहकारीले कति सफलता पाउछ भन्ने कुरा स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहकारीसँग कसरी सहकार्य गर्छ ? भन्ने कुराले निर्धारण गर्छ । यदि अहिले भएका ३३ हजार सहकारीमध्ये २० हजारले मात्रै प्रति सहकारी वर्षमा सरदर २० जनाका दरले रोजगारी सिर्जना गर्ने र रोजगार बनाउने हो भने वार्षिक चारलाख मानिसले रोजगार पाउँछन् । यो कुनै असम्भव कुरा होइन र चानचुने कुरा पनि होइन । योजनाका साथ लाग्ने होभने सहजै पुरा हुन सक्छ ।

अहिले भएका बेरोजगारीको स्रोत भनेको आपूmले गरेको र आफ्नो भएको पेसा व्यवसायबाट असफल हुनु पनि हो । त्यसैले श्रम बजारमा आउने युवा शक्तिलाई रोजगारी सिर्जना गरेर रोजगार बनाउने मात्रै होइन पेसा व्यवसामा लागेका मानिस किन आफ्नो काममा असफल भएर पुनः बेरोजगार हुन पुग्छन् भन्नेतर्फ पनि सरकारको र साझेदार सबैको ध्यान जान जरुरी छ । हामी देख्छौं एक पटक राम्रै पेशा र व्यवसायमा जमेका मानिस पनि केही समय पछि व्यवसाय असफल भएर फेरी बेरोजगार बन्ने अवस्था आएको छ । यसमा पनि जिम्मेवार सबैको ध्यान जान जरुरी छ । 

लेखक सहकारी अभियन्ता हुनुहुन्छ ।