अधिबक्ता भट्टराई भन्छन् – न्यायापालिकको ईतिहासमा दुःखद घटना 

काठमाडौ, २८ फागुन – सर्र्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले प्रधानन्ययाधीश गोपाल पराजुलीसहितको पूर्ण इजलास बहिष्कार गरेका छन् ।  
प्रधानन्यायाधीश पराजुलीको अवकाश गत साउनमै भएको भन्दै त्यस्तो ब्यक्तिको साथमा न्याय संपादन गर्न नसक्ने भन्दै इजलास बहिस्कार गरेका हुन् ।

कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।

प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्चका न्यायाधीशले प्रधानन्यायाधीशलाई बहिष्कार गर्नु न्यायलयको ईतिहासमा दुखद घटना भएको अधिबक्ता टिकाराम भट्टराईको टिप्पणी छ । ‘हुने वाला प्रधानन्यायाधीशले यसरी इजलास बहिष्कार गर्नु न्यायपालिकाका लागि दुःखद घटना हो’ भट्टराईले चक्रपथसँग भने,‘अव प्रधानन्यायाधीश पराजुलीले अभिलम्व राजिनामा गरी वातावरण सहज बनाउनु पर्छ । अव अर्को इजलास तोक्दा पनि अन्य न्यायाधीशले बहिष्कार गर्न सक्नुहुन्छ । विकल्प राजिनामा मात्रै हो ।’


पराजुलीसँग बसेर मुद्दा नहेर्ने भन्दै राणाले सोमबार बहिस्कारसँगै इजलास स्थगित भएको छ । सोमबार कान्तिपुर दैनिकको अवहेलनासम्बन्धी मुद्दा पूर्ण इजलासमा बहस पैरवी हुनै लाग्दा न्यायाधीश राणाले आफ्नो तर्फबाट लिखित वक्तव्य पढेर सुनाए । सो वक्तव्यमा प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरिसकेको दाबी गरिएको छ ।


आफूहरुले हिजोमात्रै प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेको राणाले बताए । कागजात हेर्दाखेरि पराजुलीले गत साउनमै अवकाश पाइसकेको प्रष्ट भएको राणाले बताए । न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीको जन्ममितका बारेमा चर्चा गर्दै भने, ‘एउटामा जन्ममिति २००९ साल रहेछ, अर्कोमा २०११ देखियो । न्यायपरिषद ऐनको व्यवस्था अनुसार ०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो, अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन ।’