काठमाडौँ, २३ मङ्सिर -  नेपाल राष्ट्र बैंकलेआज रु दुई अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।   

 कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।