काठमाडौं, २९ माघ – पर्यटक खोज, उद्दार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ लागू भएपछि पर्यटन क्षेत्रमा मौलाएको फेक रेस्क्यु नियन्त्रणमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यो कार्याविधिलाई गत पाँच महिनादेखि कडाईका साथ लागू गरिरहेको छ ।

 
कार्यविधि अघि हजारौंको संख्यामा भएका भनिएका यस्ता रेस्क्यु कार्यविधिपछि जम्मा १८७ मा सिमिति भएको विभागले जनाएको छ । विभागका  महानिर्देशक डण्डुराज घिमिरेका अनुशार कार्यविधि लागू भएको दिनदेखि विभागले हरेक उद्धार उडानको तथ्यांक संकलन गर्ने गरेको छ ।

यस्तो तथ्यांक अनुसार गत सेप्टेम्बर १ देखि जनावरी ३० सम्ममा जम्मा १८७ वटा मात्रै उद्धार उडानको रेकर्ड भएको छ । पर्यटन विभागसँग समन्वय नगरी कुनै पनि उद्धार उडानमा जान पाइँदैन । उद्दारमा जानुअघि विभागलाई जानकारी गराउने र उद्धारपछि विवरणसहितको प्रतिवेदनसमेत बुझाउनुपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान अनुसार सबै प्रकारको उद्धार उडानमा जाने वायुसेवा कम्पनी ९हेलिकोप्टर० र यसलाई सेवा दिने एजेन्सीले विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको पनि विभागको महानिर्देशक घिमिरे बताउँछन् ।

नेपालमा उद्दार उडानमा संग्लग्न विभिन्न १० वटा हेलिकोप्टर कम्पनी र ४ वटा चार्टर उडानको सेवा दिने एजेन्सीमार्फत हुने विवरणलाई संकलन गरिएको छ । विभागका अनुसार हेलिकोप्टर प्रयोग गरेर हुने उडान भएकोले कुनै पनि एजेन्सीलाई अनिवार्य रूपमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थापछि अब उद्धार उडान पूर्ण नियन्त्रयामा अएको र फेक रेस्क्यु भने नभएको उनको भनाइ छ । यस अघि पनि फेक रेस्क्यु भन्दा पनि एजेन्सीले बढी शुल्क लिने र उद्धारमा हेलिकोप्टर लैजाने गरेका थिए । शुल्क अधिक हुने गरेको तर विरामीबिना नक्कली उद्धार भने नभएको बुझाई पर्यटन विभागकै अधिकारीको भनाइ छ ।

नेपालमा सन २०१८ को जुलाई १६ मा एक अन्तर्राष्ट्रिय ट्राभल एसिस्टर डेनी केनले अफवाह पूर्ण इमेल लेखेर फेक रेस्क्युको हल्ला फैलाएको पर्यटन विभागकै भनाइ छ । विभागका अनुसार केनले पहिलोपटक विभागलाई आफू अन्तर्राष्ट्रिय ट्रालभ एसिस्टर भएको र सरकारले यस विषयलाई सम्बोधन नगरेर भयावह हुने भन्दे इमेल गरेका थिए । सोही इमेललाई आधार बनाएर अन्तर्राष्ट्रिय मिडियाले समाचार प्रकाशन गर्ने गरेका थिए ।