नयाँ दिल्ली, १८ साउन - फिल्म अभिनेत्री रिया चक्रवर्तीमाथि अभिनेता सुशान्त सिंह राजपुतका पिता ले केश दर्ता गराएका छन् । तर लगत्तै रिया चक्रवर्ती आफ्नो परिवारसमेत ठुलो सुट्केस सहित घर छाडेको सुचना बाहिरिएको छ ।

पछिल्लो हप्ता सुशान्त सिंह राजपुतका पिता के.के सिंहले स्वर्गीय छोराकी गर्लफे्रन्ड रिया चक्रवर्ती र उनीसंग सम्बन्धित धेरैजनाको विरुद्ध केस दर्ता गराएका छन् । उनले सुशान्त सिंहलाई आत्महत्याको कदम उठाउनमा रियाको हात भएको आरोप लगाएका छन् ।

उनले रियालाई चोरी, धोकाधडी, षड्यन्त्रकारी तथा शोषण गरेको आरोप लगाएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार ३ दिन अघि नै रिया आफ्ना परिवारसमेत रातमा निलो गाडीमा सुट्केस समेत निक्लिएकी छन् ।