रोल्पाको एक विद्यालय, जहाँ दलित मात्रै पढ्छन्


Monday, 5 Dec, 2016 10:49 AM

रोल्पा, २० मङ्सिर । पूर्वी रोल्पाको घोडागाउँ–४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन् । विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल ७१ छात्रासहित १३२ विद्यार्थी सबै दलित समुदायको रहेको विद्यालयका शिक्षक तुलसी सुनारले जानकारी दिए । 

सरकारबाट तलब सुविधा पाउने एक गैरदलित शिक्षक रहेका छन भने निजी स्रोतबाट तलब सुविधा पाउने बाँकी चार जना शिक्षक सबै दलित समुदायकै रहेका छन् । 

विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी दलित समुदायका रहेको शिक्षक सुनारले बताए । एक जना शिक्षक र बाल विकास सहजकर्तालाई सरकारले तलब सुविधा दिने भए पनि बाँकी शिक्षकलाई भने तिहारमा भैलो खेलेर सङ्कलन गरिएको रकम तथा गाविसले दिने सामान्य अनुदानबाट व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले बताइन् । 

विद्यार्थीको अत्यधिक चाप भए पनि सरकारले सङ्ख्या अनुसारको दरबन्दी व्यवस्था नगरिदिँदा समस्या भएको नेपालीले गुनासो गरिन् । 

विद्यालय स्थापनापश्चात् दलित समुदायले सानै उमेरमा छोराछोरी विद्यालय भर्ना गर्न लागेको स्थानीय भरत नेपालीले बताउनुभयो । उमेर छिप्पेपछि मात्र छोराछोरी विद्यालय पठाउने स्थानीय दलितले विद्यालय स्थापना भए पछि भने तीन वर्षकै उमेरदेखि विद्यालय पठाउन थालेका छन् । 

विभिन्न सङ्घ संस्थाको सहयोगमा विद्यालयले खानेपानी, शौचालय र भवनको व्यवस्था गरेको भए पनि फर्निचरको भने समस्या रहेको प्रधानाध्यापक सुनारले बताए ।

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top