काठमाडौँ, ४ चैत - राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाहीको माग गरिन् ।

सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्यामा रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषणा गरेको पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले ‘कहिले पुरस्कार पाउँछन् ?’ भनी प्रश्न गरे ।

सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरिन् ।

रासस