झापा, २८ साउन – झापाको बिर्तामोड–४ मा निर्माणाधीन द्वारिका होटलमा आज विहान शव फेला परेको छ ।

सो शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिनुभयो । शिवाकोटी सोही होटलमा गार्ड थिए । उनको शव विहान ७ बजे फेला परेको प्रहरीको भनाइ छ ।

निर्माणाधीन होटलको पूर्वतर्फ रहेको १ तले घरको बरण्डामा शरीरभरि चोटैचोट रहेको अवस्थामा शिवाकोटीको शव भेटिएको प्रहरी प्रमुख थापाले जानकारी दिनु भयो । शिवाकोटीको दाहिने गालाको भागमा डेढ इञ्ज गहिरो चोट छ भने आँखामा रगतको टाटैटाटा बसेको छ । शरीरका अन्य भागमा पनि चोटैचोट रहेको छ  

होटलमा ३ दिनदेखि गार्डको रुपमा कार्यरत शिवाकोटी अविवाहित हुन् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा लगिएको प्रहरीको भनाइ छ ।