काठमाडौं, २१ मंसिर–दक्षिण एसियाली खेलकुद सागको कुस्तीमा महिला तर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । संगिता धामीले स्वर्ण पदक जितेकी हुन् ।

जनकपुरमा भएको कुस्तीका प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जितेको हो । नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडीमा संगिता धामी रहिन ।

संगिताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन । यससँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।