काठमाडौं,२२ मंसिर– १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।

नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो । अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ । शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।