काठमाडौं, २४ मंसिर– १३औं दक्षिण एसियाली खेलकुद ‘साग’मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् ।

यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । नेपालका लागि बक्सिङ्ग विधातर्फ सनिल शाहीले ५२ किलो तौल समूहमा स्वर्ण जितेका हुन् । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो ।