काठमाडौं, २४ मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।

५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् । यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।

सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।