काठमाडौं, १६ मंसिर - १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म नौं वटा स्वर्ण पदक जितेको छ ।

नेपाललाई नवौं स्वर्ण पदक तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले नवौं स्वर्ण दिलाएकी हुन् ।

३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो र श्रीलंकाकी खेलाडी तेस्रो भएका छन् ।नेपालले तेक्वान्दोमा चार वटा स्वर्णपदक जितेको छ ।

यसअघि तेक्वान्दोमा सिना मादेन लिम्बु, कमल श्रेष्ठ र पार्वती गुरुङ्गले पनि स्वर्णपदक दिलाएका छन् ।