काठमाडौं, २४ मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पराजित गदै नेपालले स्वर्ण पदक जितेको हो । नेपालको जितका लागि सुनिल बलको गोल निर्णायक रह्यो । सुनिलले खेलको ५३औं मिनेटमा नेपालका लागि दोस्रो  गोल गरेका थिए ।

यसअघि नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले खेलको ३६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरु भएपछि नेपालले जित सुनिश्चित गरेको हो । नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ ।