धेरै गालीगलौज खाएपछि भाबुक बनेर यस्तो लेखे कन्चन शर्माका कान्छा छोराले


Tuesday, 29 Nov, 2016 10:18 AM

एक टेलिभिजन च्यानलको अन्तर्वार्तापछि कञ्चन शर्मा रेग्मी रातारात चर्चित बनिन् । पेशाले नर्स बताउने उनले आफू सात वर्षसम्म बाटोमा जीवनयापन गर्नुका पछाडि आफ्ना इन्जिनियर श्रीमान् र दुई इन्जिनियर भनिएका छोराहरुलाई दोष दिएकी छिन् । उनलाई फेसबुक र ट्वीटरमार्फत थुप्रै मानिसहरुले सहानुभुती देखाउँदै उनका श्रीमान् मोहन रेग्मी र दुई छोरालाई तथानम लाञ्छना लगाउँदै गाली बर्साए । हुन त कञ्चनले आफ्ना बारे जे बताइन् त्यो वास्तविकता हो कि मिथ्या भन्ने विषयमा विभिन्न चर्चा परिचर्चा गरिँदै आएको छ ।

 

कञ्चनले अन्तर्वार्ता दिएपछि उनका कान्छा छोरा सागर रेग्मी तीन दिनसम्म मुर्छित भएको उनका बुवा मोहन रेग्मीले बताएका थिए । तिनै कञ्चनका कान्छा छोरा मोहनले गत शनिबार फेसबुकमा स्टेटस लेख्दै यसबारे आफ्नो घारणा पस्केका छन् ।

 

उनले निकै भावुक भएर आफ्नो लाइसन्सको दुईवटा फोटो हालेर यस्तो लेखेका छन् । उनको स्टाटस उनकै शब्दमा :

 

यो संसारमा कुनै न कुनै समस्या र पीडा नभएका मानिसह शायदै छन् होला । नीजी जीवनका पानाहरु पल्टाउदा सबैले आफु लाई कहिँ न कहिँ दुखि भेटाउछ I सुख र आनन्दका क्षण पनि हुन्छन नै I कलिलो मस्तिष्क भएको बाल्य जीवन मा घरायशी किचलो को पिरोलो भोग्न बाध्य म र मेरो दाजु आज पनि अनाहकमा अन्जान मानिसहरु द्वारा अपमानित हुनु पर्दा निकै दुखित भएको छु ।

 

सागर रेग्मी 

वास्तव मा हामीले के गल्ति गरेयाै‌ र येति धेर मानिस हरुले हामि गालि गरि रहेका छन् ? के समाजका मानिस हरु येति एकोहोरो हुन मिल्छ ? घटना को बारे मा सबै कुरा नबुझी दिइने र दिइएका प्रतिक्रिया कसरि सहि हुन सक्छन ? भोग्ने भन्दा सुन्ने जान्ने हुन त सक्दैन होला नि । मेरो पारिवारिक अवस्था का बारेमा बुझेका साथि हरु लाई त मैले स्पस्टिकरण दिनु पर्ने छैन I सामाजिक संजालका प्रतिक्रिया हेर्दा घटना को वास्तविकता थाहा नपाउने हरु नै स्वघोषित न्यायाधिश भएर फैसला सुनाइ रहेको देखें । तीनै न्यायाधिशहरुले हामीलाई दोषी करार गरि रहेका छन् , हामि लाई कर्तव्यको पाठ सिकाई रहेका छन् । हामि माथि गालिको बर्षा गरि रहेछन । सबैको परिवार हुञ्छ, परिवारमा केहि न केहि समस्या हुन्छन । विवेक बन्धकी राखेर जथाभावी गालि को वर्षा गर्नु अमानवीय कार्य हैन र ? हामि पनि मानिस हौँ र हाम्रो पनि मन, भावना र ममता छ I न त हामि कुन हिंश्रक जनावर हौँ न त पेशेवर अपराधी नै ।

 

कान्तिपुर टेलिभिजन मा प्रसारण भएको सुमन संग नामक कार्यक्रम को मुख्य पात्र हाम्रो आम़ा कन्चन (रमा) शर्मा को कुरा मैले पनि सुनें । कार्यक्रम प्रसारण भएको समय मा मेरो परिक्षा चलि रहेको थियो । कार्यक्रम प्रसारण भै सके पछि मेरो शरीर र मस्तिष्क नै थला परे जस्तो भयो ।

 

हाम्रो परिवारमा आमा को अस्वाभाविक र अमर्यादित काम , क्रियाकलाप र व्यवहार क कारण दरार पैदा हुदै बिखन्डन भएको हामि दुवै दाजु भाई ले देखेका छौं। दाई त अहिले सम्म सम्हालिन सक्नु भएको छैन । भविस्य को अनुमान लगाउन नसक्ने हामि अबोध बालक लाई आमा बुबा को माया र मार्गदर्शन को खाँचो भएको समय मा आमाले हामि लाई एक बचन नसोधी घर छोड्नु भयो । लामो समय सम्म पारिवारिक जिम्मेवारी बाट अलग्गिए पछि आमा र बुबा को बीचमा अदालत को माध्यमबाट सम्बन्ध बिच्छेद भयो । हाम्रो बुबा को काँधमा आमा र बुबा दुवै को जिम्मेवारी उठाउनु पर्ने भार पर्यो। बुबा को सहनशीलता , लगन, माया र ममता ले हामि अघाडी बढेऔं । आमा ले घर छोडदा मा १३ बर्ष को थिएँ र कक्षा ८ मा पढथें । आमा क लागि केहि नगरेको आरोप लगाउने हरु लाई सोध्न चाहन्छु ; मलाई आमाको माया र भरोशा आवश्यक थियो कि तिरष्कार र घृणा ?

 

पराइलाई आफन्त र आफन्त लाई पराइ ठान्ने काम त स्वयम् हाम्री आमा ले गर्नु भयो जस कारण हाम्रो परिवार एक हुन सकेन । हो हामी ले बुबा को पक्ष लियाै‌। बुबा को पक्ष किन लिएको भनेर तपाई हरु कसैले हामीलाई सोध्नु भयो ? बुबा र आमा को झगडा मा बुबा सहि हुनुहुन्थ्यो, आमा गलत हुनुहुन्थ्यो, त्यस कारण हामि ले बुबा को साथ् दियाै‌ । आमा ले गर्नु भएका अमर्यादित काम म सामाजिक संजाल म़ा ब्यक्त गर्न सक्दिन ।

 

अनि आमा का बनावटी कुरा सुनेर हामि माथि अन्याय गर्ने अधिकार सामाजिक संजाल प्रयोगकर्तामा कहाँ बाट प्राप्त भयो ? येदि यो देश म़ा नियम कानुन छ र यो कानुनि राज्य हो भने हामि माथि त्यसरी अन्यापूर्वक गालि को वर्षा गर्नेहरु माथि आवस्यक कानुनि कार्यवाही गरि पाउन यसै बाट अनुरोध गर्दछु ।

 

सन्तान को लागि आमा र बुबा दुवै भगवान सरह हैनन ? के हामि ले आमाले गरेका गल्ति को लागि पनि बुबालाई दोषी ठान्नु न्यायोचित हुन्थ्यो ? आमा ले हामि लाई लगाउनु भएको आरोप टक्सन गाडी म़ा चढेर हात हल्लाएर बाई बाई गरे भन्ने कुरा सुनेर सबै मानिस हामि माथि जाइ लाग्नु भएको हैन ? हामि संग टक्सन गाडी कहाँ छ ? मैले र दाई ले मोटर साइकल चद्छौँ, जस मध्ये मेरो license समेत प्रमाण को रुप म़ा मैले पेश गरेको छु

 

आम़ा को सम्बन्ध बिच्छेद बुबा संग भएको हो, अरु को साहाराम़ा बाँची रहेका आफ्नै छोरा हरु माथि एउटी आम़ा को एस्तो लान्छना किन ? आमा लाई हामीले लत्याएका हैनौं , हामि आम़ा बाट लत्याइएका अभागी छोरा हरु हौँ सत्य येही हो ।

 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top