काठमाडौँ, १३ फागुन - शाहिद कपुर बलिउडमा अत्यन्तै चर्चित नाम हो । आफनो सुरुवाती फिल्मदेखि नै दर्शकको मनमा राज गर्न सफल यि अभिनेताको पछिल्लो समयको फिल्म कबीर सिंहले राम्रै चर्चा पायो । प्रस्तुत छ यि बलिउड अभिनेताका जन्मदिनको अवसरमा १० हिट फिल्मको नाम जसले उनलाई दर्शकमाझ राम्रैसंग चिनायो ।

१.इश्क विश्क : यो उनको डेब्यु फिल्म हो, यसमा उनको अपोजिटमा अमृता राव थिइन् । यो फिल्म सन् २००३ मा रिलिज भएको थियो ।


२.चुप चुप के :  यो फिल्ममा उनले अभिनेत्री करिना कपुरसंग अभिनय गरेका छन् । यो फिल्म सन् २००६ मा प्रदर्शनमा आएको थियो ।

३.विवाह : सन् २००६ मा रिलिज भएको यो फिल्म फिल्म उनको अभिनेत्री अमृता रावसंगको दोस्रो फिल्म हो । दर्शकद्धारा अत्यन्तै रुचाइएको यो फिल्म एक पारिवारीक कथामा आधारित छ ।

४.जब वी मेट : सन् २००७ मा रिलिज भएको फिल्म जब वी मेट शाहिदको करिना कपुरसंगको दोस्रो फिल्म हो ।

५.कमिने : यो सन् २००९ मा रिलिज भएको एक एक्सन् फिल्म हो । जसमा प्रियङ्का चोपडा र अमोल गुप्ते पनि मुख्य पात्रका रुपमा प्रस्तुत भएका थिए ।

६.आर राजकुमार : अभिनेत्री सोनाक्षी सिन्हा शाहिदको अपोजिटमा रहेको यस फिल्ममा शाहिद एक बदमाश पात्रका रुपमा प्रस्तुत भएका छन् । यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको थियो ।

७.हैदर : हैदर सेक्सपियरको नाटक ह्याम्लेट को कथामा बनेको फिल्म हैदर शाहिदको करियरको उत्कृष्ट फिल्म मध्येको एक हो । सन् २०१४ मा रिलिज भएको यस फिल्ममा शाहिदले उत्कुष्ट अभिनेताको अवार्ड समेत हासिल गरेको थिए । 

८.उडुता पञ्जाब : यस फिल्ममा शाहिदले एक सेलिब्रेटीको भुमिका निभाएका छन्, जसले ड्रग्स प्रयोग गर्ने गर्दछ । सन् २०१६ मा रिलिज यस फिल्ममा करिना कपुर र आलिया भट् लगायतको अभिनय देख्न पाइन्छ ।

९.पद्मावत् : अभिनेत्री दिपिका पादुकोण र रणविर सिंह संगै मुख्य कलाकारका रुपमा रहेका शाहिदले यस फिल्मबाट राम्रै चर्चा पाएका छन् । इतिहासमा आधारित भएका कारण निकै विवादमा तानिएको यो फिल्म सन् २०१८ मा प्रदर्शनीमा आएको थियो ।

१०.कबीर सिंह : यस फिल्ममा शाहिद एक रिसाहा व्यक्तिका रुपमा प्रस्तुत भएका छन् । फिल्ममा कियारा आडवाणी शाहिदको अपोजिटमा देखिएकी छिन् । सन् २०१९ मा रिलिज गरिएको यो फिल्म तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।