मुम्बइ, ३ असोज - सुशांत सिंह राजपूतको निधन केसमा भारतका ठुला ठुला एजेन्सीले जाँच गरिरहेका छन् । त्यस्तै दिनहुँ नयाँ नयाँ खुलासा भइरहेको छ ।

उक्त केसमा ड्रगको चलखेल भएको कुरा खुलेपछि आरोप लागेकाहरु लगातार पक्राउ परिरहेका छन् ।त्यस्तै भारतीय जिल्ला न्यायालयले सलमान खान, करण जौहर लगायत आठ व्यक्तिहरुलाई अदालतमा आउने आदेश दिएका छन् । 
 

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खान, करण जौहर, आदित्य चोपड़ा, संजय लीला भंसाली, एकता कपूर, साजिद नाडियावाला, भूषण कुमार र दिनेश विजयनलाई सात अक्कोटोबरमा अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

सुशान्त सिंहको आत्महत्यामा उनिहरुको हात रहेको भन्दै उक्त आदेश जारी गरिएको जनाइएको छ । त्यस्तै अहिलेसम्म एक दर्जनभन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेका छन् ।