लुक्ला, १ वैशाख – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटनामा मृत्यू हुनेको संख्या तीन पुगेको छ । मृत्यू हुनेमा  को–पाइलट एस ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र अर्का प्रहरी असई रुद्रवहादुर श्रेष्ठ रहेका छन् ।  

पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको हो । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । 


 विमानमा पाइलट र कोपाइलट मात्र थिए । पाइलटको पहिचान अहिलेसम्म खुलिसकेको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।