सोलुखुम्बु, १ वैशाख -  लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको हो । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९.२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।   घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।
    
विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।