काठमाडौं,११ फागुन - सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा  निर्णय सुनाएको छ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा संविधानसभा पुर्नस्थापनाको पक्षमा निर्णय सुनाएको हो ।

 अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको हो। सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेशसमेत दिएको छ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि आज फैसला सुनाइएको हो।

सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गर्नुभएको हो ।