काठमाडौं,१८ माघ  - सामसुङले हालै ए ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ  । 

ग्यालेक्सी ए ८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरिकार्डको प्रयोग गरी २५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको छ । यो सामसुङको पहिलो डुयल क्यामरा युक्त स्मार्टफोन हो ।

यसमा ठूलो डिस्प्ले तथा एग्रोनोमिक डिजाइन रहेको छ । यसमा भएका विशेषताहरुले ग्योलेक्सी ए ८ प्लस फोन अझ बढी आकर्षक, एवं अझ बढी चलाउन सहज भएको छ । 

“सामसुङले उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेको छ, ।यसै सिलसिलामा ग्यालेक्सी  ए ८ प्लसस्मार्टफोन प्रस्तुत गरेका छौं, यसमा भएको इन्फिनिटि डिस्प्ले तथा लाइभ फोकसका साथ डुयल क्यामरा युक्त ग्योलेक्सी ए ८ प्लस फोनमा यस अघि अन्य फोनमा नभएका विशेष खास सुविधाहरु विद्यमान् छन् । यो फोन हरेक दृष्टिकोणबाट विशेष रहेको छ ।” आइ एम बिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताउनुभयो ।

ग्यालेक्सी ए ८ प्लस कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ, यसको नेपाली मूल्य रु. ५९,९९० रहेको छ  ।