काठमाडौं २८ साउन– काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल खेल्नका लागि अमेरिका जानेभन्दैे भिसा आवेदन दिएका सन्दीपलाई मंगलबार विहान मात्र दूताबासले भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका गर्नुभएको थियो । 

विभिन्न अनलाइनमा क्रिकेटर सन्दिपलाइृ भिसा नदिएको समाचार भाइरल भएसँगै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको हो ।