काठमाडौं, २८ साउन - भारतीय अभिनेता संजय दत्त लाई फोक्सोको क्यान्सर भएको छ । सोमबारदेखि अस्पतालमा भर्ती भएका उनलाई तेस्रो तहको क्यान्सर भएको हो ।

उनले मंगलबार आफ्नो सोसल मिडियामा आफनो स्वास्थ्यस्थितीका कारण केहि समय फिल्मबाट टाढा रहने जानकारी दिएका थिए जसले उनका फ्यानहरुलाई अचम्मित तुल्याएको थियो । तर अब उनी फोक्सोको क्यान्सर संग जुझिरहेको खबर बाहिर आएको भारतीय मिडियाले जनाएका छन् । 

उनका साथीले क्यान्स्र उपचार गर्न सकिने स्टेजमै भएको र उनलाई तुरुन्तैै उपचारको लागि अमेरिका पठाउनुपर्ने जानकारी दिएका छन् । उनकी पत्नी बच्चासंगै दुबईमा छिन् । उनको स्वास्थ्यलाभको कामना गर्नेको ओइरो लागेको छ ।