काठमाडौं,२४ मंसिर–संघीय संसदका कर्मचारीले सांसदसँगको मैत्रीपूर्ण खेलमा जित हात पारेका छन्। 

कर्मचारीले ४–० गोलअन्तरले सांसदहरूको टोलीलाई पराजित गरेका हुन्। 

नेपालले भुटानविरूद्ध १३ औं सागको फाइनल खेल्नुअघि सांसद र कर्मचारीहरूले रंगशालामा फुटबल खेलेका हुन्।


सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए। संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए।