काठमाडौं, १७ जेठ – लोक दोहोरी गाएक प्रभावन जे र गायीका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत “सपनी” दर्शक तथा स्रोता माझ आएकोे छ । 

 

गितको शब्द, संगीत, स्वर, तथा  भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन  । 

प्रज्ञा साउण्ड एच।डि मा रेर्कड गरिएको गितको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्याल को अभिनय रहेको छ । दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । 

म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् । 
काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरी धुलिखेल, बनेपा र रोशि गाउँपालिकामा म्युजिक भिडियोको छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

केहि समय अघि मात्र सत्य घटनामा आधारित जालमा फसायौ भाग १ लेराएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सो गीत अघि अरु केही गीतहरु पनि लेराउने जानकारी डि।ए।आर मुभिजले गराएको छ । 

‘सपनी’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट आम श्रोता तथा दर्शक माझ लेराईएको छ । 


गीतको भिडियो तलको लिंकमा रहेको छ