नयाँ दिल्ली, ९ असोज - बलिउड अभिनेत्री दीपिका पादुकोण पनि अहिले ड्रग्स केशमा जोडिएकी छन् । सुशान्तसिंह राजपुतको आत्महत्यापश्चात् सिबीआईले गरेकोे जाँचमा ड्रग्सको कारण देखिएपछि उक्त केशमा नयाँ खुलाशा हुन थाल्यो ।

केहि समयमै सुशान्तकी गर्लफ्रेन्ड रिया जोडिइन, लगत्तै उनका भाई पक्राउमा परे अनि उनी पनि परिन् । यसै सन्दर्भमा सोधपुछ गर्दै जाँदा अभिनेत्री सारा अली खान, दिपिका पादुकोण, श्रद्धा कपुर तथा रकुलप्रित सिंह जस्ता अभिनेत्रीहरुको नाम पनि मुछियो ।

यसै केशका कारण अहिले गोवामा रहेका अभिनेत्रीद्धय दिपिका र सारा अली खान मुम्बई आइपुगेको कुरा भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

दीपिका श्रीमान् रणवीर सिंहका साथमा आइपुगेकी छन् भने सारा आफ्नी आमा र भाईको साथमा मुम्बई आइपुगेकी छन् ।

आज दीपिका पादुकोणको कोरोना टेष्ट गरिनेछ अनि त्यसपछि मात्र उनीसंग सोधपुछ गरिने सञ्चारमाध्यमले जनाएका छन् । 
एजेन्सी