काठमाडौं, २० असोज– यौन दुर्व्यवहारको आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई  ९ दिनको हिरासतको बास हुने भएको छ । उनलाई यही असोज २८ अदालतमा पेश गरिँदैछ । सभामुख बहाल रहेकै बेला यौन दुव्र्यवहारको अभियोग लागेका महराले पदबाट राजीनामा दिएर कानूनी प्रक्रियाबाट जोगिने प्रयास असफल भयो । पीडित भनिएकी रोशनी शाहीले करणी प्रयासमा किटान जाहेरी दिएपछि आइतबार साँझ महरा पक्राउ परेका थिए ।

पक्राउ परेका महरा अहिले हिरासतमा छन् ।