हामी नेपालीहरुको जीवनस्तरमा आएको परिवर्तनले हाम्रो उपभोग शैली बदलिदैछ । आयश्रोत बढेसँगै खर्च गर्ने क्षमता बढने नै भयो । सामाजिक मुल्यमान्यतामा परिवर्तन हुने नै भयो । जीवनस्तर र समाजमा आएको परिवर्तनसँगै बस्तु र सेवाको उपभोगमा धेरै खर्च हुन थालेको छ । यो स्वभाविक हो । यसरी उपभोग गरिने बस्तु वा सेवाका लागि श्रोत अर्थात आम्दानी कसरी जुटाउने भन्ने पहिलो समस्या हो । यसका लागि अहिले नेपालीको नगद कमाईको मुख्य आयश्रोत बनेको छ विदेशको कमाई । हाम्रा धेरै युवा विदेशमा काम गर्न जान्छन् र तिनले श्रमगरेर पठाउने रकम नै हाम्रो मुख्य श्रोत बनेको छ । हुन त कृषि हाम्रो अहिले पनि मुख्य आम्दानीको श्रोत हो । तर कृषिको आय सबै नगदमा हुदैन । विशेष गरि कृषिमा निर्भर धेरै परिवारले आफ्नो आवश्यकताका लागि यस्ता बस्तु (खाद्यन्न, तरकारी, दुध, फलपूmल, मासु आदि) उत्पादन उपभोगका लागि गर्छन् । त्यसैले यसको व्यवसायीक मुल्य र नगदमा कारोवार हुदैन । 

बदलिदो परिस्थितिका कारण अब किसानका आफ्ना उत्पादनले मात्रै व्यवहार नचल्ने अवस्था भएको छ । उपचार, शिक्षा, सुचना एवं सञ्चार, लत्ताकपडा, यातायात, भ्रमण, अतिरिक्त तरकारी तथा खाद्यन्न(आफ्नो उत्पादन बाहेक), चाडपर्व, आवास, इन्धन आदि इत्यादिका लागि अब नगदको अपरिहार्यता बढदै गयो । यसको आपुर्तिका लागि कि त बस्तु तथा सेवा बेच्नु प¥यो कि त श्रम । बस्तु तथा सेवा बेच्नका लागि अलि अलि माथिल्लो तहको चेत, शिप, आचरण, संंस्कार चाहिन्छ । यो निर्वाहमुखि कृषिको युगबाट बामे सर्दै अगाडि जानै पर्ने वाध्यता भएको समाजमा सबैका लागि सहज हुने कुरै भएन । त्यसैले सबैले सजिलो बाटो देखेको नोकरी वा बैदेशिक रोजगारी हो । नोकरी अर्थात जागिर सबैका लागि जुर्दैन । त्यसमा पनि केही न केही शिप, आचरण, लगन नभई हुदैन । पहिला त जागिर वा काम पाउन मुस्किल छ, पाए टिक्न सजिलो छैन । त्यसैले यहाँको कामका धेरै अवसरमा भारतियले कब्जा जमाएका छन् । केही सामाजिक मुल्यमान्यताका कारण पनि हामी कामलाई उचित स्थान दिने गर्दैनौं । कामले उचित सम्मान नपाएको कारण काम गर्ने मानिसले सम्मान पाउन नसकेको अवस्था छ । यी र यस्ता कुरा हाम्रो खर्चको श्रोत कसरी जुटाउछौं भन्ने कुरासँग सम्वन्धित छ । 

जीवन धान्न जसरी पनि रकमको जोहो गर्नै पर्ने भएपछि धेरथोर, सजिलो असजिलो जे गरेर भएपनि, जसरी भएपनि र जतिभए पनि जोहो हुन्छ । अब कुरा यसरी जोहो गरेको रकम केमा र कसरी खर्च गर्ने ? यसरी खर्चेको रकमले व्यक्तिगत, परिवारिक, सामाजिक र राष्ट्रिय रुपमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा हामीले त्यति ध्यान दिएको पाइदैन । 

हाम्रो जोडबल आपूm धनी र सुखी बन्नेमा छ । आम मानिसका लागि यो त्यति बेठिक पनि होइन । तर देश र समाजको हितमा काम गर्छु भनेर सार्वजनिक घोषणा गरेर विभिन्न जिम्वेवारीमा पुगेको मानिसले लुकेर धनी बन्नु र आफ्नो मात्रै खुसी खोज्नु स्वभाविक मानिदैन र होइन पनि । हामी आपूm धनी बन्न वा जीवन चलाउन गर्ने उद्यम, व्यवसाय, पेशा, काम जे भनेपनि हुन्छ त्यसले आपूmलाई त केही दिएको होला तर समाजमा कस्तो प्रभाव पार्छ, अरुमा के असर पर्छ भनेर सोच्नु मानिसको चेतनामा भर पर्ने गर्छ । यस्तो चेतनाले मानिसको स्तर निर्धारण गर्छ । 

मानौ, हामी आम मानिसले दैनिक उपभोग गर्ने खाद्य सामाग्रिको उद्योग चलाईरहेका छौं । आफ्नो अधिक मुनाफाका लागि मिसावट गर्ने र कम गुणस्तरको बस्तु उत्पादन गरिरहेका छौं । यदि यसो हो भने त आम मानिसको स्वास्थ कमजोर पारेर हामी आफ्नो नाफा बढाई रहेका छौं । मिसावट र कमशल बस्तुको व्यवसाय गर्ने मानिसलाई कारवाही गर्ने काम त सरकारको होनि भन्न पनि सक्छौं र हो पनि । त्यसो भए चोर समाउने काम त पुलिसको होनि भनेर हामी कसैको घर, पसलमा चोर्न जान हुन्छ र ? 

समाजले चोर्नुलाई ठुलै अपराध मान्छ । तर, ठग्नुलाई सामान्य । किन ? मेरो विचारमा चोर्नेहरु सामान्य स्तरका साधारण र प्राय कमजोर आर्थिक अवस्था भएका, एक हिसावले भन्दा निरिह मानिसले चोर्ने हो । ठग्ने आँट नभएकाले चोर्ने हो । चोरको तुलनामा ठगहरु अलि सम्पन्न र पहुँचवाला हुन्छन् । चोरको भन्दा ठगहरुको संख्या ठुलो छ, त्यो अलि पहुँच राख्न सक्ने हैसियतको भएकाले अलि सम्मानित हुन्छ । चन्दा दिने, दान गर्ने, परोपकारका काम गर्ने र आफ्नो सामाजिक छवि राम्रो पार्ने काममा लाग्ने स्वभावले यिनीहरुले गर्ने गरेका ठगिका कामहरुले सामाजिक मान्यता पाउँछन् वा यस्ता कामलाई सामान्य मान्ने गरिन्छ । यस्तो ठगिलाई समाज चुपचाप हेर्छ, सहन्छ, भोग्छ । तर चोरीका अपराधमा समाज अलि कडारुपमा प्रस्तुत हुन्छ । यसको मुख्य कारण चोर कमजोर हुन्छ र लुकेर चोर्छ । जस्तो कुनै इन्धन बेच्ने पम्पले १ सय लिटर तेल दिनु पर्ने ठाउँमा मेशिनमा सेटिङ गरेर ९८ लिटरमात्रै दिएछ र प्रत्येक सय लिटरमा २ लिटर चोरि गरेछ भने त्यो चोरी होइन ठगी हुन्छ । तर बतल, जर्किनमा राखेको २÷४ लिटर तेल कसैले नदेखिकन लगेछ भने त्यो चोरी हुन्छ । तौलमा ठग्ने, मिसावट गर्ने, मुल्यभन्दा कम सेवा दिने जस्ता कर्म ठगिका स्वरुप हुन् । 

हामी एक्लैएक्लै धनी हुँदा सानो समुहमा त सम्मानित हुन सकौला, आफ्ना आवस्यकता अलि सहजै पुरा गर्न सकौला तर हाम्रो पहिचानको दायरा त्यो सानो घेरामा मात्रै सधै सिमित हुदैन । जस्तै जब हामी गाउँ छाडेर अर्को गाउँ वा शहरमा पुग्छौं, जिल्ला छाडेर अर्को जिल्ला पुग्छौं, देश छाडेर अर्को देश पुग्छौं तब हाम्रो पहिचानको पहिलो आधार गाँउ, जिल्ला हुदै देश बन्न जान्छ । गाउँ बदनाम छ, जिल्लाको पहिचान राम्रो छैन, देश भ्रष्ट, मगन्ते, गरिब र पिछडिएको छ भने हामी हाम्रो गाउँका २०÷३० घरको धनीमानी भएर के हुन्छ ? सधै त्यही २०÷३० घरको सिमा भित्रै बसिरहने होइन होला । 

व्यक्तिव्यक्तिका खर्च गर्ने क्षमता बढदा मात्रै पनि देश धनी, सम्पन्न र सम्मानित हुने होइन रहेछ । व्यक्तिको खर्च गर्ने क्षमता बढदा देशको आम्दानि बढछ । यो ठिक कुरा हो । जस्तै हामीले खर्च गरेको पैसाबाट राज्यले कर प्राप्त गर्छ र राज्यको आम्दानि बढछ । तर यदि हामीले उपभोग गर्न खर्च गरेको रकमबाट खरिद गरिएको बस्तु तथा सेवा विदेशी रहेछ भने त्यसको ठुलो हिस्सा विदेश जान्छ । जस्तै कुनै उपभोग्य बस्तुको उपभोक्ताले तिर्ने अन्तिम मुल्य रु.१ सय भएमा भन्सार बिन्दुमा आइपुग्दा त्यस्तो बस्तुको मुल्य यदि रु.७० पुग्ने रहेछ भने त्यसपछिको रु.३० मध्ये केही राजस्वको रुपमा देशको आम्दानी, केही नाफाको रुपमा देशभित्रका व्यपारी, ढुवानी कर्ता आदिको आम्दानी बन्ने गर्छ । तर त्यो समान देशमै उत्पादन भएको भए त्यसको सम्पुर्ण मुल्य नै देशको आम्दानि हुन्छ । 

कुनैकुनै बस्तु उत्पादन गर्दा विदेशी कच्चा पदार्थको प्रयोग भएपनि त्यसको मुल्य श्रृङ्खलामा कच्चा पदार्थमा परेको मुल्य बाहेक सबै देशको आम्दानि हो । देशको आम्दानि भनेको राज्यले पाउने ट्याक्समात्रै होइन यस्तो उत्पादनको क्रममा श्रृजना भएको सबै मुल्य देश भित्रै परिचालन हुन्छ । यसले राज्यको आम्दानि मात्रै होइन कच्चा पदार्थ, श्रम, विजुली, ढुवानी, व्यवसायिको मुनाफा सबैले देशको आम्दानि नै बढाई रहेको हुन्छ । त्यसैले देशभित्र खपत हुने बस्तु तथा सेवा जतिधेरै देशको भयो त्यति नै बढी देशको आम्दानि हुने गर्छ । तर यस्तो उपभोगको बस्तु तथा सेवा यदि विदेशको रहेछ भने त्यसको थोरै भाग मात्रै नेपालको आम्दानि हो र धेरै भाग विदेशको आम्दानि हो । 

अब हामी बिचार गरौं हामीले गरेको आम्दानिबाट उपभोग गर्ने गरि खर्चेको पैसाले कति देशको सेवा गरेको छ र कति विदेशको । अहिले बढदै गरेको आम्दानी र त्यो आम्दानी उपभोगमा खर्च हुँदा देशले कति आम्दानि पाउँछ  र विदेशले कति कमाउछ यो जान्न आवश्यक छ । किनकि हामी देश धनी भएको हेर्न चाहन्छौं । जनता सम्पन्न भएको र देश समृद्ध भएको हेर्ने इच्छा छ, चाहना छ । यदि हामीले गर्ने खर्चको ठुलो हिस्सा बगेर विदेश जाने अहिलेको परिपार्टी निरन्तर जारी रहने होभने देश कहिल्यै समृद्ध हुदैन । 

अहिले अवस्था कस्तो छ भने चाडपर्व हाम्रो, कमाई विदेशको । उत्सव हाम्रो कमाई विदेशको । उपभोगमा खर्च हामो कमाई विदेशको । अझ अगाडि बढेर भन्दा फुटानि हाम्रो कमाई विदेशको । चुरीफुरी हाम्रो कमाई विदेशको । 

हामीले आर्जेको श्रोतलाई उपभोगमा मात्रै खर्च गर्दा पनि स्वदेशी बस्तुको उपभोगले देश सेवा हुन्छ नै त्योभन्दा बढी सेवा हामीले देशमा उत्पादन गरेर गर्न सक्छौं । उत्पादनका लागि पुँजिको जोहो गर्ने गरि अलिअलि गरेर बचत गर्न सक्छौं । बचत भएको रकमबाट पुँजि निर्माणसँगै व्यवसाय गरेर उत्पादन र सेवामा लगाउन सक्छौं । यो देशको सेवा हो । 

भन्सार बिनाको संसार बनाउने कल्पना तिनले गरे जोसँग अरुदेशलाई बेच्ने बस्तु र सेवा प्रचुर मात्रामा थिए । हामी कमजोरहरु त्यसलाई मान्न वाध्य हुदै गयौं । अब सरकारले खरिद गर्ने सेवा र बस्तु पाएसम्म, भएसम्म स्वदेशी हुुनुपर्छ । अलि महङ्गो भयो, थोरै कमशल भयो भने पनि स्वदेशी नै प्रयोग गरौं । यही क्रम आम उपभोक्ताले पनि गरौं ता कि देश समृद्ध हुने अभियानमा हाम्रो उपभोगले मद्दत गर्न सकोस् । नेपालीको उपभोग गर्ने क्षमता बढदा नेपालले धेरैभन्दा धेरै फाइदा पाउनै पर्छ । 

यसका लागि सरकार र जनता दुवै सचेत बन्नु पर्छ । चाडपर्व र उत्सवको समयमा पनि सिमाक्षेत्रमा नेपाली बजारमा भन्दा भारतिय बजारमा नेपालीको उपस्थिति र खरिद बढी नै हुने गर्छ । हामी हरेक नेपालीले समान खरिद गर्ने बेलामा एउटा प्रश्न आपैmलाई गरौं मैले खरिद गरेको बस्तु वा सेवा नेपाली उत्पादन हो वा विदेशी ? मैले तिरेको पैसा कति प्रतिशत स्वदेशिको आम्दानि हो र कति प्रतिशत जति विदेशीको ? जब हामी यो प्रश्न गर्न सक्ने हुन्छौं तब देश प्रेम बढछ, देशका लागि हामी केही गरिरहेका हुनेछौं । हामीले खर्च गर्ने पैसा कुनै अर्को नेपालीको आम्दानि बन्छ भने त्यो देश सेवा नै हो । देश प्रतिको योगदान नै हो । यस्तो सोचौ कि हामीले खर्च गरेको मध्ये धेरैभन्दा धेरै पैसा नेपालीको आम्दानि बन्न सकोस् । यस्तो अवस्था तब हुन्छ जब हामी स्वदेशी बस्तु र सेवाको उपभोगमा सचेत हुन्छौं । 

अहिले बढदै गरेको आम्दानी र त्यो आम्दानी उपभोगमा खर्च हुँदा देशले कति आम्दानि पाउँछ  र विदेशले कति कमाउछ यो जान्न आवश्यक छ । किनकि हामी देश धनी भएको हेर्न चाहन्छौं । जनता सम्पन्न भएको र देश समृद्ध भएको हेर्ने इच्छा छ, चाहना छ । यदि हामीले गर्ने खर्चको ठुलो हिस्सा बगेर विदेश जाने अहिलेको परिपार्टी निरन्तर जारी रहने हो भने देश कहिल्यै समृद्ध हुदैन । 

हामीसँग किन्नलाई स्वदेशी बस्तु वा सेवा धेरै नहुन सक्छन् । कतिपय बस्तु र सेवा विदेशी नै किन्नुृ पर्ने वाध्यता छ । त्यसको विकल्प छैन । तर जुन बस्तु वा सेवा नेपालमा उत्पादन हुन्छ, नेपालमा पाइन्छ त्यस्ता बस्तुको मुल्यमा तुलना नगरिकन नेपाली उत्पादन भएकाले यो किन्छु, यो उपभोग गर्छु भन्ने भाव आउछ भने हामी भित्र भएको देशभक्तिले देशको सेवा गर्छ । होइन भने अवसर पाउदा पनि हामी देशको सेवा गरिरहेका छैनौ बरु सानोसानो फाइदाका लागि विदेशीलाई फाइदा हुने काम गर्दैछौं । अहिले नेपाली पर्यटक बनेर विदेश जाने चलन निकै बढेको छ । यसमा नराम्रो होइन । तर विदेशको भ्रमण एक पटक गर्दा स्वदेशमा दुईवटा भ्रमण गरौं । हामीले तिरेको पैसाले अर्को नेपालीको व्यवसाय चलायमान हुन्छ । देशको आम्दानि बढछ ।

सकेसम्म कच्चा पदार्थ समेत नेपाली भएको समान किनौं । भएन, पाइएन भने नेपालमा बनेको किनौं, नेपालमा बनेको बस्तु वा सेवा पनि नेपाली उद्यमि भएको किनौ, पाइएन भने नेपालमा उत्पादित विदेशी लगानिका किनौं । सम्पुर्णरुपमा विदेशी उत्पादनमात्रै किन्दा हाम्रो बढेको क्रय शक्तिका कारण देशले पाउनु पर्नेजति फाइदा पाउदैन । देशले लिएको समृद्धिको अभियान सोचेको र चाहेको गतिमा अघि बढदैन । सारमा भन्दा देशको सेवा स्वदेशी बस्तुको उपयोग गर्ने चेतले पनि भइरहेको हुन्छ ।