बाफ रे लेखक भएपछि लिंग बाँकी रहँदैन ! म त तर्सें


Saturday, 8 Oct, 2016 4:05 PM

बालकुमारी मन्दिरबाट भित्र छिरेपछि भेटिन्छ कुमार नगरकोटीको डेरा । त्यही डेरामा हरदम खुकुरी चुरोट र ब्ल्याक कफी पिउँदै कथा लेखिरहेका हुन्छन् उनी । नयाँ पुस्ताका शक्तिशाली, टे«न्डसेटर कथाशिल्पी नगरकोटी आफूलाई कथाकार होइन ‘फिक्सन डिजाइनर’ भन्न रुचाउँछन् । त्यसो त यिनले अहिलेसम्म थुपै्र फिक्सन डिजाइन गरिसके । ३ डिसेम्बर १९७४ मा जन्मेका यिनको पहिलो कथासङ्ग्रह ‘मोक्षान्त : काठमान्डु फिभर’ले काठमाडौंका पाठकलाई कथाको ज्वरोले छपक्कै छोप्यो । अनेक सिद्धान्तका ठेली र शास्त्रकामाझ यिनी लेखिरहेछन् नितान्त नौला कथा, निबन्ध, नाटक, कविता, क्याजुअल लेखहरू । पछिल्लोपटक यिनको नयाँ कथासङ्ग्रह ‘फोसिल’, नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’ र घाटमाण्डु बजारमा हिट छन् । ‘फोसिल’ले २०७० सालको ‘बुक अफ द इयर’ पुरस्कार पनि पाएको थियो । आफ्ना कथाले पाठकमाझ भुइँचालो ल्याइदिएको सम्झेर नगरकोटी आफैंै जिल्लिन्छन् र फेरि सल्काउँछन् खुकुरी चुरोट ।

  •  कुमार नगरकोटी, कथाकार

आफ्नो जीवन कस्तो लाग्छ ?


– यो मैले छनोट गरेको जीवन होइन । आई डिडन्ट चुज दिस लाइफ । बट द लाइफ ह्याज चुजन मी टु लिभ एन्ड डाई । जीवनले मलाई छनोट गरेको हो सायद बाँच्न र मृत्युलाई उपलब्ध हुन । मैले जीवनमा कहिल्यै कुनै उद्धेश्य राखिनँ । म एक किसिमको यायावर प्राणी हुँ । एक वबन्डर । आफूलाई त्यो नदी समान ठान्छु जो विशाल समुद्रमा मिसिएला–नमिसिएला या कतै मरुभूमिको बालुवामा गई टुंगिएला कुनै मतलब छैन । हु केयर्स टाइपको । नदीले तपाईंलाई एउटा सुन्दर कुरा सिकाउँछ । जस्ट ‘फ्लो’ हुन । बग्न । समाजले तपाईंलाई ‘फलो’ गर्न सिकाउँछ । फ्लो र फलोमा तात्विक भिन्नता छ । मैले कसैको ‘फलोवर’ हुन रुचाइनँ । त्यो चाहे कुनै स्कुल अफ थट होस्, फिलसफी होस्, रिलिजन होस् : या चाहे पोलिटिक्स होस् । कुनै सिद्धान्त, वादहरूको पिछलग्गु अर्थात् फलोवर हुन रुचाइनँ । कुनै कर्पोरेट धार्मिक गुरुको फलोवर हुने झन्झट रुचाइनँ । आई जस्ट फ्लो । बग्न रुचाएँ ।


बाल्यकालको कुनै प्रसंग ?


– सो–कल्ड स्कुल जीवनमा म खेलाडी थिएँ । सबै खेल म राम्रोे खेल्थँे । म सबै खेलको टिम क्याप्टेन नै हुने गर्थें । मेरो एकेडेमिकभन्दा ज्यादा स्पोर्टस् सर्टिफिकेटहरू नै छन् । ती सर्टिफिकेट र मैले पाएका असंख्य कप एवं सिल्ड गाउँमा आमाले बाकसमा थन्क्याएर राख्नुभएको छ । म क्याप्टेन थिएँ त्यो चाहे फुटबल होस्, चाहे भलिबल, क्रिकेट, बेसबल या ह्यान्ड बल । मेरा खेल गुरुहरूको के भ्रम थियो भने म भविष्यमा एक राम्रो खेलाडी बन्नेछु । तर, कुन खेलको ? एथलिट गुरु भन्नुहुन्थ्यो कि म एक दिन अवश्य पनि तेज धावक बन्नेछु । मेरो कराँते गुरु भन्नुहुन्थ्यो म एक खतरा कराँते–म्यान हुनेछु । तर, म त्यस्तो केही बनिनँ । गुरुहरूको मप्रतिको धारणा, विश्वास, जिज्ञासामाथि मैले पानी खन्याइदिएँ । अझ भनूँ ऐला, ह्विस्की, भोड्का नै खन्याइदिएँ ।


तपाईं गीत–संगीतमा पनि उत्तिकै रुचि राख्नुहुन्छ, होइन ?


– कुनै जमाना थियो जब म मञ्चमा गीत गाउँथे । नाटक निर्देशन गर्थें । फिल्म पनि निर्देशन गरेँ । यो कुरा बेग्लै भो । कविता लेख्थेँ । सरी, कविता लेखिँदैन । कविता त सिर्जना पो गरिन्छ । पुराना साथीहरू म सो–कल्ड लेखक भएकोमा दुःख व्यक्त गर्छन् । मेरो संगीत गुरु एवं ती नोस्टाल्जिक साथीभाइहरूको सदीक्षा, कामनाअनुसार त म गायक बन्नुपर्ने थियो । एउटा फिल्मका निम्ति गीत पनि रेकर्ड गराएँ आफ्नै शब्दमा । तर, फर्चुनेटली, फिल्म रिलिज भएन । शास्त्रीय संगीत सिक्न गएँ । तर, सधंैभरि लेघ्रो तानेर राधे–राधे भनी परमेश्वरको भजन गाउने जाँगर भएन । आजकल आफ्नै मनलाई सुनाउँदा बडो आनन्द आउँछ– हम भी किसी जमानेमे गायक थे, कवि थे । लेकिन् देख् नगरकोटी, तु तो क्या से क्या हो गया रे ।


तपाईं जोगीजस्तो मान्छे लाग्छ , फकिरजस्तो । होइन त ?


– स्वभावले म फकिर नै हुँ । जोगी नै हुँ । युवाकालमा खुब फकिरगिरी गरियो । जोगी, साधुहरूको लामो संगतमा रहेँ । मलाई फोटोग्राफी खुब मन पर्छ । ‘मोक्षान्त ः काठमान्डु फिभर’ कथाको फोटाग्राफर–पात्र म स्वयं हुँ । युवाकालका फकिरगिरीका दिनहरूमा म घाँटीमा क्यामेरा झुन्ड्याउँदै साधु–सन्त–जोगीहरूको फोटो खिच्दै हिड्थेँ । मेरो एउटा फेभरेट जोगी थियो जो सन्तानेश्वरको डाँडामा बसोबास गथ्र्यो । मलाई गाँजा, भाङ खुवाउँथ्यो । मैले उसको विभिन्न भावभंगिमाका तस्बिर खिचेर उसलाई उपहार दिएको थिएँ । उसको पाटीको भित्तामा विभिन्न देवताको फोटो, पोस्टर थिए । ती फोटो, पोस्टर निकालेर त्यसले फ्याँक्यो एक दिन । र, तिनको ठाउँमा मैले खिचिदिएका आफ्ना तस्बिर टाँस्यो । झुन्ड्यायो । देउता बन्ने दमित मनोकांक्षा मैले त्यो जोगीमा देखेँ । त्यसपछि मैले आफ्नो फकिरगिरी सदाका निम्ति त्यागिदिएँ । त्यसैताका मेरो हातमा एमिली डिकिन्सनको कविता कुन्नि कताबाट आयो । ती कवयित्रीले मलाई नै सम्बोधन गरे झैँ गरी आफ्नो काव्य–वाचन गरिन्– आई एम नोबडी । हु आर यु ? आर यु नोबडी टु ? मेरो मनले जवाफ दियो– यस माई लेडी  ? आई एम नोबडी टु । एन्ड आई एकजिस्ट नो ह्वेर । वास्तवमा, म जीवनसित मस्तसाथ हाइड एन्ड सिक खेल खेलिरहेको थिएँ । खेलाडी बनिनँ । गायक, कवि बनिनँ । जोगी बनिनँ । आई सिम्पली विकम अ बिग गड ड्याम नोबडी हुु लिभ्स नोह्वेर ।


ठिकै त भयो नि  ?  त्यो ‘नोबडी’ लेखक बन्यो । नेपाली पाठकले नयाँ ‘फ्लेभरको फिक्सन पढ्न पाए । एकप्रकारले सेलिब्रेटी–लेखक हुनुभा’छ  ? 


–इन्फ्याक्ट, म आफूलाई लेखकै मान्दिनँ । सबै लेख्ने मानिसहरू लेखक हुँदैनन् । लेखन भनेको त एक महान् तपस्या हो, पूजा हो । लेखक हुनु भनेको त वेदव्यास, होमर, दाँते, देवकोटा, गोथे, टैगोर अथवा सेक्सपियर, सिलरको क्यालिवरमा पुग्नु हो । हामीले पनि कुनै दिन साँच्चिकै लेखक हुन्छौँ कि भनी तपस्या गर्ने हो । म त छोटेमोटे लिट्रेरी यायावर मात्र हुँ । लेखक बन्ने मेरो सदीक्षा मात्र हो । त्यो हुँला या नहुँला, नाउ हु द हेल केयर्स  ?  आफ्नो साहित्यिक हैसियतप्रति म सदा सजग छु । त्यसैले मैले आफूलाई केवल एक तुच्छ फिक्सन डिजाइनर मात्र भनेको हँु । रह्यो कुरा सेलिब्रेटी लेखकको । जाबो पन्ध्र–बीसवटा कथा खेल्ने नगरकोटी केको सेलिब्रेटी  ?  ह्वाट नन्सेन्स ? सब तुच्छ वकवास हो ।


तर, सहरमा त तपाईंका गजब–गजबका, डाइहार्ड ‘फ्यान अचाक्ली भेटिन्छन् नि  ?  तिनीहरूलाई के भन्नुहुन्छ ?


– अब के नै पो गर्न सकिन्छ र  ?  यति भनूँ– ती मेरा दुःखले आज्र्याका अद्भुत पाठक हुन् जसले दुर्घटनावश मेरा तथाकथित रचना रुचाइदिए ।


कथा–कविताका पुराना दिनहरू कस्ता थिए ?


–पुराना दिनहरूमा म डायरी–लेखक थिएँ । के–के कोरी बस्थँे । वास्तवमा, अतीतमा म केही पतितमार्गी थिएँ । कविता मेरो प्रथम प्रेम ! तर, विवाह गरियो कथासित । कथासित, आख्यानसित घरजम गरेँ । केही सन्तानहरूको बाउ बनेँ । यत्ति हो, त्यो एकान्तवासी डायरी–लेखक कालान्तरमा फिक्सन डिजाइनर बन्यो ।


कतिपयले नगरकोटीलाई आधुनिक आख्यानको ‘फिभर’ भनेको मैले सुनेको छु, कुरा के हो ?


– (लामो मस्त हाँसो) रोचक कुरा सुनाउनुभयो । कमसेकम नेपाली साहित्यको क्यान्सर, क्षयरोग, एड्स नगरकोटी होइन रै’छ । ती ‘कतिपय’लाई धन्यवाद नै भन्नुपर्ला । फिभर ठिकै हो । नेपाली आख्यानको सामान्य ज्वरो हँु सायद ।


तपाईंले ‘सिल्भिया,’ ‘मोक्षान्त ः काठमान्डु फिभर’, ‘तिम्रोे मृत्युको समाचार’, ‘खप्पर’, ‘गिद्धहरूको नाच’, ‘फोसिल’, ‘बरफ’, ‘श्लोक’जस्ता नौला कथाहरू लेख्नुभएको छ । यस्ता नवीन शैलीका कथाहरू तपाईंको कथित खप्परमा कसरी जन्मिन्छन् ?


– मलाई सदा अफ–बिट चिजहरू मनपर्यो । अनयुजुअल एवं अनअफिसियल । अनौपचारिक चीजहरूले मलाई सदा आकर्षित गर्छन् । विश्व साहित्यको अध्ययन गर्दा म केही काल अलमलिएँ । सबैले लेखिसकेकै हुन््, अब मैलेचाहिं के पो लेख्ने होला  ?  फ्रान्ज काफ्का, मार्खेजका कथा, उपन्यास एवं गिन्सवर्गका कविताहरू पढेपछि समाधान भेटेझैंै लाग्यो । अहो !  यस्तो पनि लेख्न सकिंदो रै’छ  !  जेम्स जोयस, भर्जिनिया उल्फहरूलाई पढेपछि यसरी पनि लेख्न सकिंदो रै’छ भन्ने लाग्यो । हेमिङ्वेले सम्झाइदियो– आºनो रुचिको कुरा लेख । मैले आफ्नो शैली भेट्टाएँ । रुचिगत लेखनमा अभ्यास गर्दागर्दै ‘सिल्भिया’, ‘खप्पर’जस्ता कथाहरू आए ।


तपाईको शैली एउटा ट्रेडमार्कजस्तो भएको छ, पछिल्लोपटक पत्रपत्रिकामा छापिने तपाईंका क्याजुअल– लेखहरू ‘हिट’ भैइरहेका छन् । यस्ता नयाँ ढाँचाका टेक्स्टहरू लेख्नु भनेको साहित्यिक जोखिम मोल्नु होइन र ?


– मलाई नयाँ–नयाँ प्रयोग गर्न मन पर्छ । यसले तपाईंलाई रिफ्रेस गर्छ । नत्र मोनोटोनस हुने सम्भावना हुन्छ । निश्चित प्याटर्नमा बसी, सूत्रमा आबद्ध भई म लेख्न जान्दिनँ । कथा–लेखनको पारम्पिरक फम्र्याटमा म कतै पनि फिट छैन । स्वीकार्छु । रह्यो कुरा जोखिमको । अन्तर्राष्ट्रिय लिट्रेरी फेस्टिभलमा नारायण ढकालले मलाई यस्तै खालको प्रश्न सोध्नुभयो । ‘नगरकोटीले नेपाली साहित्यमा ठूलो जोखिम उठाएको छ, तपार्इंको चैँ के भनाइ छ’ भनी सोध्नुभयो । म ट्वाँ परँे । त्यसबेला मैले त्यो प्रश्नको झुर जवाफ दिएँ ।


अनि  ?  तपाईंले जोखिम नै उठाउनु भा’ हो त ?


– नारायण ढकालको प्रश्नले मलाई धेरै रन्थनायो । हु केयर्स  ! भन्दै म केही दिन आफूदेखि टाढिँदै गएँ । तर, एकदिन जवाफ पाएँ । स्वर्गीय गोविन्दबहादुर मल्ल ‘गोठाले’ले मेरो अन्योलताको समाधान गरिदिए । ०५३, ०५४ सालतिर हो क्यारे ! समकालीन साहित्यमा उहाँको अन्तर्वार्ता छापिएको थियो । गोठालेले भनेको कुरा फेरि पढेँ । नेपाली साहित्यले गर्व गर्न लायक ती आख्यानकार गोठालेले यसो भनेका रहेछन्– लेखक भएपछि लिंग बाँकी रहँदैन । म तर्सें । बाफ रे ! लेखक भएपछि लिंगै बाँकी नरहने ! बडो डेन्जरस् । लेखक पेसा जोमिखपूर्ण नै हुन्छ । म मात्रै किन ? हरेक सचेत लेखकले जोखिम उठाउनै पर्छ । तब न केही नयाँ आउने सम्भावना रहन्छ  ! 


नेपाली कथामा के खट्किरहेको छ ? लाग्छ, तपाईं नेपाली कथाकारहरूको कथाबाट सन्तुष्ट हुनुहुन्न ।


– कुरा यसो हो । म पहिले पाठक हुँ । त्यसपछि मात्र सो–कल्ड राइटर ! वास्तवमा, कहिलेकाहीं लाग्छ– म सक्रिय पाठक हुँ र निष्क्रिय लेखक । पाठकको दृष्टिबाट हेर्दा मैले आफूलाई सन्तुष्ट गर्ने उपाय भेटिनँ । सधैँ गुरुप्रसाद मैनालीको इलाबोरेटेड फर्म कति पढिरहने  ?  समथिङ नयाँ आओस् न ! नेपाली साहित्यले छलाङ मारोस् । तर, त्यस्तो केही भएन । मेरो पुस्ताको पाठक कहाँ कहाँ पुगिसक्यो, मेरा पूजनीय लेखकचाहिं पुरानै आख्यानका गायत्री मन्त्र जपिरहने ? युग सुहाउँदो त भएन ! नेपाली कथाकारले पाठकको सामूहिक–मनोदशा हेरेर कथा लेखिरहेझैंै लाग्यो । तर, यो नरम्रो कुरा भने होइन । जस्तो कि नेपाली फिल्महरूमा हुन्छ नि !  कथाको मागअनुसार ! कथाको मागअनुसार नायिकाहरूले आफ्ना ‘पर्सनल–ट्रेजरहरू’ जति देखाए पनि भैगो ! चलचित्रमा त्यो देखाउन मिल्ला । दर्शकहरूले क्षणिक ताली पनि बजाउलान् । तर, साहित्यमा ? पाठकहरूको मागअनुसार मैले यो उपन्यास, कथा, कविता लेखेँे भन्न मिल्दैन । साहित्य त एक कस्मिक–कर्म हो । कस्मेटिक होइन ।


तपाईंको उपस्थितिले नेपाली साहित्यलाई फाइदा के, घाटा के ?
– यो झुर प्रश्न हो ।


तैपनि  ?  यो त कुनै जवाफ भएन, उत्तर दिन त मिल्ला नि  ?  


– म नेपाली साहित्यको दुर्घटना हुँ ।


यो उर्वर लेखनकालमा कोही प्रतिद्वन्द्वी छ जस्तो लाग्छ कि लाग्दैन ?


– कम्प्यारिजन किल्स योर अथन्टिसिटी । अब अµ के भनूँ– म अलि ‘ठिस’ टाइपको मान्छे परेँें । केही अडबाङ्गे । नेपाली साहित्यमा के–के गरुँला, ठूलो योगदान, गुन लाउँला भन्ने मेरा कुनै कामना वा इच्छा छैन । मलाई लिट्ररी फ्रेटर्निटी मनपर्छ । साहित्यिक भाइचारा मनपर्छ । मलाई कुनै सो–कल्ड मदन पुरस्कार वा तथाकथित मोती पुरस्कार जित्नु छैन । कुनै सच्चा पाठकको मन जिते त्यही मेरो पुरस्कार । कुमार नगरकोटी हुनु–नहुनुले नेपाली साहित्यमा कुनै तात्विक फरक पर्ने पनि होइन । सेक्सपियर बूढाले भनेकै छन् नि– संसार एक रंगमञ्च हो । साहित्य पनि एक रंगमञ्च नै हो । लेखक, कवि, समालोचक इत्यादिहरूले आ–आफ्नो भूमिका निभाउने हो र जाने हो । नगरकोटी ‘हट–केक’ भएको कुरा गर्नुभयो । तर, यथार्थ के हो भने सबै क्षणिक हुन् । क्षणभङ्गुर न हो । अब, प्रतिद्वन्द्वी खोज्ने फुर्सद कसलाई र किन पो चाहियो ? सब मिथ्या–कथा हो । मिथ–गाथा हो ।


 


– तपाईंले नाम लिएका महान् स्रष्टाहरू समय र इतिहासले रचना गरेका लिट्रेरी जाइन्टहरू हुन् । नेपाली साहित्यकै धरोहर । साहित्यको इतिहासमा त्यस्ता अवसरहरू आउँछन्–जान्छन् । त्यस्तै क्यालिबर र प्रतिभासम्पन्न अहिलेका, मेरो पुस्ताका स्रष्टाहरूमा नहुन सक्छ वा बढी पनि हुन सक्छ । अहिलेको कुरा गर्दा, समकालीन साहित्यिक सिनारियोमा केही युवा लेखकहरू प्रशस्त उत्साह, ऊर्जा, उमंग लिई आफ्नो सशक्त उपस्थिति देखाइरहेका छन् । नामै लिनुपर्दा श्रवण मुकारुङ, मनु मञ्जिल, विप्लव ढकाल, रोशन शेरचन, बुद्धिसागर, मोमिला, राजन मुकारुङ, राजकुमार बानियाँ, अमर न्यौपाने, आन्विका गिरी, मनिषा गौचन, स्वप्नील स्मृति, अभय श्रेष्ठ, फूलमान वल, राबत, केशव सिलवाल, अनमोलमणि, सरस्वति प्रतीक्षा, सरिता तिवारी, उपेन्द्र सुब्बा, चन्द्रवीर तुम्बापो, युग पाठक इत्यादि लेखकहरू युगलाई आफ्नो मुठ्ठीमा लिन तयार छन् । ती नवीन चेतना, विचार एवं आ–आफ्ना आस्थासहित आएका छन् । स्कुल अफ थट्स विभिन्न फूलबारीमा फुलेका होलान् । यो मेरो पुस्ता हो । यी नामप्रति मलाई गर्व लाग्छ किनभने मैले यिनै स्रस्टाहरूको समयमा केही साहित्यिक–डिजाइनका कुराहरू गरेँ । यी चेतनासम्पन्न स्रस्टाहरूमाझ म अलिकति भए पनि हुर्किएँ । भविष्यको के कुरा ! हु द हेल केयर्स अबाउट भविष्य ! वर्तमान यिनीहरूकै हो ।


आफ्नो ब्युटिफुल पुस्ताको ब्युटिफुल कुरा÷चर्चा गर्नुभयो । यिनीहरूको ब्युटिफुल समस्याहरू पनि होलान् नि  ?  सुनौं न ?


– समस्या के हो भने यीजस्ता प्रतिभाशाली लेखकहरूबारे समालोचकहरू लेख्न, बोल्न रुचाउँदैनन् । विश्वविद्यालयका शास्त्रीय शैलीका साम्राज्यवादी समालोचक, प्राज्ञ, विद्वानहरूले यी लेखकहरूलाई वास्ता गर्दैनन् । अनि ‘छु मतलब’ भन्छन् । बालै भएन जस्तो शास्त्रीय व्यवहार गर्छन् । मेरो पुस्ताको लेखक जिउँदो, जीवित हुनु नै उसको भूल हो जस्तो पो भो ए गाँठे ! साहित्यिक मूल्याङ्कनका निम्ति यो पुस्ता मर्नै पर्ने हो ? भूतपूर्व वा स्वर्गीय हुर्नैपर्ने हो ? बडो हास्यास्पद पो छ त ! तर, ब्युटिफुल कुराचाँहि के हो भने यो पुस्ता अरू सबैको आ–आफ्नो पुस्ताझैंै, अग्रजहरूलाई सम्मान गर्दै अगाडि बढ्दै छ । आफ्नो नवीन विद्रोही चेतनाकासाथ ।


सधैंै घाटतिर गइरहने मान्छे तपाईं । कहिल्यै आत्महत्या गरुँ जस्तो लागेन ?


– घाटमा जाने फकिरहरू आत्महत्या गर्दैनन् । तपाईंलाई भनूँ क्यारे ! घाटमा म आफूलाई अझ जीवन्त पाउँछु । अस्तित्वको नजिक पाउँछु । घाटले मलाई क्षणभंगुरताको संकेत गर्छ । क्षणक्षणमा मस्तसित, आनन्दकासाथ जिउने कला मलाई घाट–भ्रमणले दिन्छ । वाल्ट ह््िवट्मेनले भनेझैँ– आई सेलिब्रेट माइसेल्फ ! 


तपाईंले आफ्ना कथामा सेक्सलाई बढी नै स्थान दिनुहुन्छ । लेखक सेक्सले बाँच्ने हो कि लेखनको स्तरले ?


– म चाहन्छु, मैले क्रिएट गरेका डिजाइनहरूमा सेक्स आओस् । छाओस् । ती टेक्स्टहरू इन्टेलेक्चुअल्ली एवं स्प्रिचुअल्ली सेक्सी होऊन् । विभिन्न कथाहरूमा मैले सेक्सलाई चलाएको छु तर उद्धेश्यपू्र्ण रूपमा । रह्यो कुरा बाँच्ने ! लेखक बाँच्ने भनेको लेखनको स्तरले नै हो । यसमा कसैको दुईमत नहोला ! नत्र मैले किन मिलान कुन्देरा, गोर्की, लु सुनहरूलाई रिपिट गर्दै पढ्ने ? विपी कोइराला, शङ्कर लामिछाने, नारायण ढकाल, खगेन्द्र संग्रौला, श्यामल, विमल निभा, नयनराज पाण्डे, अविनाश श्रेष्ठ, मनु ब्राजाकी, हरि अधिकारी, ध्रुवचन्द्र गौतम, इन्द्रबहादुर राई, मदनमणि दीक्षित, परशु प्रधानहरूलाई पढ्न म किन लोभिन्छु र अनायासै !

 
धर्म, ईश्वरप्रति तपाईंको के धारणा छ ? साहित्यमा धर्मको स्थान कस्तो हुनुपर्छ ?


– धर्म, ईश्वरप्रति मेरो उतिसारो रुचि छैन । म धार्मिक जन्तु पनि होइन । तर, पनि कठमाडौंका विभिन्न मन्दिर, गुम्बा, चर्च, मस्जिदहरूमा फिरन्ता बनी समय–समयमा गइरहेकै हुन्छु, केवल आध्यात्मिक सुखका निम्ति । मलाई आनन्द लाग्छ । गुम्बामा ध्यान गर्नु, मन्दिरमा घन्टा बजाउनु, चर्चमा कोरस–प्रार्थना गर्नु अनि मस्जिदमा याहु अल्लाह गर्न मलाई मन पर्छ । तर, म धार्मिकचाँहि अफिसियल्ली होइन । तर, साहित्यमा, दर्शनशास्त्रमा, धर्म, ईश्वर, सेक्सका विभिन्न आकर्र्षक ‘स्टाटस’हरू छन् । फ्रेडरिक नित्सेको ‘गड इज डेड’ भन्ने उखानले विश्व खायो । यो एक दार्शनिक अतिवाद थियो । ‘धर्म अफिम हो’ भन्ने स्टेटमेन्ट पनि सर्वकालीन हिट मन्त्र भयो । यो पनि अर्को अतिवाद थियो । मानिसका आदिम रुचिलाई धर्मले, ईश्वरले, सेक्सले सम्बोधन गर्ने हुन् । त्यसैले त ‘अरेस्टिङ गड इन काठमाडौं,’ भनेपछि शीर्र्षकले नै आकर्र्षण गरिहाल्छ । त्यसको लेखक सम्राट उपाध्याय होस् या सो–कल्ड टम, डिक एन्ड ह्यारी ! मैले ‘गड इन अ ब्रोथल इन अ कºर्यु नाइट’ अथवा ‘सेक्स इन द घाट’ नाम गरेको कथा या उपन्यास लेखेँ भने त्यसै हिट होला । साहित्यमा धर्मको स्थान के हुनुपर्छ भन्ने तपाईंको प्रश्नमा यत्ति नै भन्नुपर्ला, साहित्य विशुद्ध अधार्मिक भएकै राम्रो । अराजक र विद्रोही भएकै राम्रो ।

  • प्रस्तुति : दीपक सापकोटा, सुजित मैनाली (दीपक सापकोटा सम्पादित पाण्डुलिपि मासिक पत्रिकाबाट)

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top