काठमाडौँ, ९ फागुन - बलिउडकी चर्चित नायिका शिल्पा शेट्ठी दोस्रो पटक आमा  बनेकी छन् ।

उनले सरोगेसी द्धारा छोरी समिशा पाएकी हुन् ।  २००९ मा राज कुंद्रासंग विवाह गरेकी यि अभिनेत्रीको सात बर्षीय छोरा पनि छन् ।

उनले छोरीले आफ्नो औँला समातेको तस्बिर इन्स्टाग्राममा राख्दै आफुले सोचेजस्तैघरमा लक्ष्मीको प्रवेश भएको र छोरीको आगमनले आफ्नो परिवार पुरा गरिदिएको भन्दै पोष्ट गरेकी छिन् ।  उनको छोरीको जन्म यही १५ फेब्रुअरी मा भएको हो ।

विवाहपछि फिल्ममा नदेखिएकी यि अभिनेत्री यसै वर्षको जुनमा रिलिज हुने फिल्म  निकम्मा बाट फिल्मी क्षेत्रमा पुनः आगमन गर्दैछिन् ।