काठमाडौं, २९ पौष - गत महिना अमेरिकाको हवाई अड्डामा भएको सामूहिक गोलीकाण्डमा साउदी सेनाका क्याडेट दोषी पाइएपछि अमेरिकाले साउदी सेनाका २१ जना सदस्यलाई अमेरिकाबाट निस्कासन गर्ने भएको छ ।

उनीहरुलाई साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्‌याएको भन्ने आरोप भने गलत भएको बताइएको छ । अमेरिकी महान्याधिवक्ता विलियम बारले ती क्याडेटहरुसँग जिहादी सम्बन्धी सामग्री भेटिनुका साथै बालबालिकाका अभद्र चित्रहरु भेटिएको बताएका छन् । गत डिसेम्बर ६ मा भएको हमलामा तीन जना नाबिकहरु मारिनुका साथै ८ जना घाइते भएका थिए । हमलापछि साउदी सेनाका लागि जारी प्रशिक्षण अमेरिकाले रोकेको छ ।

महान्याधिवक्ता बार सोमबार पत्रकार सम्मेलन गर्दै गत महिना अमेरिकी नभल हवाई अड्डामा  गरिएको आक्रमण आतंकवादी भएको बताउनु भयो ।