काठमाडौं, ३ कार्तिक– हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनी एकसय वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

आमाको निधन भएको दुःखद समाचार कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । 

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’ पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।