काठमाडौँ, २ जेठ - प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

रासस