डा.कल्याण रोका

महाधिवेशनसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफनो राजनीतिक सिद्धान्त जनताको जनवाद भनेको छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलाउने नाममा यसका रणनीतिकारहरुले बहुलतायुक्त खुल्ला समाज र प्रतिष्पर्धामा श्रेष्ठता, संविधानको सर्वोचता लगायत जनताको बहुदलीय जनवादका मुटु, कलेजो फोक्सो सवै राख्ने तर जवजका नाममा जज राख्ने दुश्साहस कसले किन गर्नुभयो ? यो उहाँहरुले जान्ने कुरा हो । आखिर  बिशेषता र गुण सवै हीराकै, तर त्यसलाई हीरा नभनेर फलाम भन भनेर कसले पत्याउछ र ? चीनियाँ नेता माओत्सेतुङले चीनमा अभ्यास गरेको माक्र्सवादको प्रयोगको कपी नेपालमा नभएको पनि होइन, तर त्यसको उपलव्धी पनि सारमा जवजकै सिद्धान्तमा सम्मिलन र स्वीकार भएको तथ्यलाई अव कसैले ढाकछोप गरिरहनु पर्छ जस्तो हामी कार्यकर्ताहरुलाई लाग्दैन । यदी एकताका सुत्रधारहरुले अस्तित्व स्वीकारकालागि केही समय जनताको जनबाद (जज)का नाममा हामी कार्यकर्तालाई भ्रम छर्न खोजिएको हो भने त्यो गलत थियो, अव यसलाई पार्टीमा विचार र सिद्धान्तको खुल्ला बहस मार्फछ छिट्टै टुङगो लगाउनु पर्दछ र जवजबाट ब निकालेर जज बनाउने कामको कोर्षलाई सच्याइनु पर्दछ । 

माओवादी विचारधारा माक्र्सवादको प्रयोगका सन्दर्भमा चीनियाँ भुमिमा सन् १९३० को दशकदेखि सन् १९४९ सम्म अभ्यास गरिएको र सफल भएको आफैमा एउटा विचार हो । यही विचारकाकारण चीनमा कोमिन्ताङ पार्टी र यसका नेता च्याङकाई सेक चीनको मुख्य भुमीबाट ताइवान भाग्नु परयो । यही विचारकाकारण चीनमा जनवादी गणतन्त्र चीन बन्यो । तर सन् १९४९ देखि सन् १९७६ सम्म लगातार अभ्यास गरिएको केन्द्रीकृत योजना र बन्द समाजले चीन विकसीत भएन । यो विचार कार्यान्वयनका सन्दर्भमा देखिएका विचलनहरुलाई सुद्धिकरण गर्न सन् १९६६ देखि थालिएको र सन् १९७६ मा माओत्सेतुङ र चाओ इन लाईको मृत्युपछि टुङिगएको साँस्कृतिक क्रान्ति असफल अभ्यास थियो भन्ने ठाउँमा चीनियाँ कम्युनिष्ट पार्टी पुग्नु र सन् १९७८ देखि चीनमा देङसाउ पिङको नेतृत्वमा खुल्लापन र सुधारको नीति अवलम्वन गर्नुले पनि माओवाद सामाजिक र आर्थिक विकासको उपयुक्त राजनीतिक दर्शन होइन र थिएन भन्ने कुराको पुष्टि नेपालमा होइन, चीनकै भुमीले प्रमाणीत गरिरहेको थियो । 

हामी कम्युनिष्टहरु जहिले पनि समाजवादकै गन्तव्यमा पुग्न यात्रा गरिरहेका छौ । समाजवाद जड होइन, यसको पनि मौलिकता र सीर्जनशीलता हुन्छ । बैज्ञानिक समाजवाद भन्दा अगाडी रोवर्ट ओमन, सेण्ट साइमन र चाल्र्स फुरियहरुले युटोपियन अर्थात काल्पनिक समाजवादको विकास गरेको थिए । त्यो पनि त्यतिवेलाको नयाँ प्रयोग नै थियो होला । बैज्ञानिक समाजवादको विकासपछि संसारभर पुँजीवादी वा समाजवादी धु्रवमा यसलाई बुझने र प्रयोग गर्ने सन्दर्भहरु अलग अलग छन । चीनको समाजवाद, क्युवाको समाजवाददेखि वंगलादेशले पनि आफुलाई समाजवादी देश भनेर परिचित गराउने, उतर अमेरीकन देशहरुमा र फिनल्याण्ड, नर्वे र डेनमार्कमा भएका अभ्यासहरु हेर्दा समाजवाद पनि आँखा नदेख्ने मान्छेले हाती छामेजस्तो भएको छ । नेपालमा हामीले पनि उन्मुख समाजवाद देशकोरुपमा संवैधानिक व्याख्या गरेका छौ । तर हामीले यो समाजवादको विश्लेषण जडतामा होइन, बैज्ञानिक समाजवादको आफनो मौलिकता र सीर्जनशीलतामा खोज्नु पर्दछ । बैज्ञानिक समाजबादका जड शुत्रहरु घोकेकाहरुले जवजलाई समाजवादी कार्यक्रमकोरुपमा नबुझन पनि सक्दछन, तर जवज आफैमा समाजवादी कार्यक्रम हो, र यही विचारबाट मात्रै नेपाली मौलिकता र विशेषता सहितको समाजवाद निर्माण गर्न सकिन्छ ।  

नेपाली कम्युष्टि आन्दोलनका नेताहरु र यसका व्याख्याताहरु तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछि बनेको नेकपा र यसले लिएको राजनीतिक दर्शन र सिद्धान्तको व्याख्या गर्दै माओवाद जवजमा रुपान्तरण भएको स्वीकार गर्दछन । पार्टीको संक्रमणकालीन राजनीतिक दस्तावेजमा जनताको जनवाद नेकपाको राजनीतिक सिद्धान्त भएपनि सारमा जवजका सवै विशेषताहरु समेटिएकोे हुनाले पनि यस्तो ब्याख्या बाहिर आएको हुनु पर्दछ । तर यो विश्लेषण सही र यथार्थतामा आधारीत विश्लेषण होइन । हामीले जवजको इतिहास र यसको विकासक्रमलाई नबुझी यस्तो ब्याख्या गरयौ भने त्यो सतही विश्लेषण हुन पुग्दछ । यसको सही विश्लेषणकालागि हामी तत्कालिन मालेको चौथौ महाधिवेशनसम्म पुग्नै पर्दछ ।

जवजको विकासक्रमको भ्रुण तत्कालिन नेकपा मालेको २०४६ साल भाद्र ९ देखि १४ सम्म सिराहा जिल्लाको बिष्णुपुरकट्टीमा भुमिगतरुपमा सम्पन्न भएको महाधिवेशनदेखि नै भएको थियो । यो महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्नुकासाथै आफना नीति सिद्धान्त र कार्यक्रममा बहुलवादको नयाँ दृष्टिकोण अगाडी सारेको थियो । यो महाधिवेशनले अगाडी सारेको लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धात्मक पहलकदमी र संयुक्त जनआन्दोलन मार्फत प्रजातन्त्रको पुर्नस्थापनाको सुस्पष्ट नीति अगाडी सारेका कारण नै नेपाली काग्रेस र बाममोर्चा सहितको संयुक्त आन्दोलन मार्फत २०४६ साल चैत्र २६ गते नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भएको थियो । 

प्रजातन्त्रको पुर्नस्थापनापछि बनेको अन्तरीम सरकारले २०४७ साल कार्तिक २३ गते नयाँ संविधान जारी गरयो । तर यो संविधानलाई तत्कालिन नेकपा मालेले आलोचनात्मक समर्थन गरयो । त्यतिवेला यो पार्टीका महासचिव कमरेड मदन भण्डारीले संविधानकाप्रति आलोचनाका २७ बुँदा प्रस्तुत गर्नु भएको थियो । राजनीतिक आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका, जसमा राजतन्त्र उतराधिकारीको प्रश्नदेखि जातीय, भाषिक र लैङिगक क्षेत्रका महत्वपुर्ण परिवर्तनका सवालहरु समेटिएका थिए । तर  २०६२/६३ को आन्दोलनको बलमा पुर्नस्थापित संसदको पहिलो बैठकले २०४७ सालको संविधानकावारेमा जननेता मदन भण्डारीबाट प्रस्तुत गरिएका असहमतिका २७ बुँदाहरुको सम्वोधन गरेको थियो । हामीले इतिहासलाई तथ्यगत र बस्तुवादी हिसावले ब्याख्या र पुष्टि गर्ने हो भने नेकपा बनेको समयमा होइन, पुर्नस्थापित संसदले नेपाली म्याग्नाकार्टाको घोषणा गरेको दिनमै नेपाली माओवादले मदन भण्डारी वा जवजलाई स्वीकार गरीसकेको थियो ।    
 
चौथो महाधिवेशनबाट विकास भएको तर २०४९, माघ १४ देखि २० सम्म काठमाण्डौमा सम्पन्न भएको पाँचौ महाधिवेशले जवजलाई नेपाली क्रान्तिको कार्यक्रमकोरुपमा पारित गरेको थियो । १४ वटा बिशेषता ( संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनी शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, नेतृत्व र अधिनायकत्व, जनताको बहुदलीय जनवाद, क्रान्तिका शत्रु र मित्रहरू र क्रान्तिको बाटो ) समेटिएको यो कार्यक्रमलाई निर्देशक सिद्धान्त हुदै हाल मार्गदर्शक सिद्धान्तकोरुपमा स्वीकार गरिएको छ ।

विश्वको कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको बेला, सोभियत युनियन र पुर्वी योरोपबाट समाजवादी विचार र झण्डाहरु ढलिरहेको बेला र नवउदारवादी विचारलाई अर्थराजनीतिक दर्शन मान्ने अमेरीकी राजनीतिकशास्त्री फ्रान्सिस फुकुयामाहरुले यो विचारलाई सत्तोसराप गर्दै इण्ड अफ द हिस्ट्री एण्ड लाष्ट मेन भनेर कितावहरु लेखिरहेको बेला नेपाली मौलिकता र बिशेषता सहितको माक्र्सवादको सिर्जनशील प्रयोगको रुपमा विकास गरिएको जवज विश्व कम्युनिष्ट आन्दोलनको नविन प्रयोग थियो । यो विचारले संसारभरका विस्तारवादी, पुँजीवादी, साम्राज्यवादी कित्ताहरुमाथि र समाजवादका विरोधी मोर्चाहरुमाथि एकसाथ हमला गरेको थियो । त्यसैले त बाध्य भएर साम्राज्यवादी देश भनेर किटान गरिएको अमेरीकी पत्रिका न्युजवीकले मदन भण्डारीलाई कार्लमाक्र्स अलिभ इन नेपाल भनेर उहाँको अन्र्तर्वार्ता प्रकाशन गर्न बाध्य भएको थियो ।  

२०६२/६३ को आन्दोलनको बलमा पुर्नस्थापित संसदको पहिलो बैठकले २०४७ सालको संविधानकावारेमा जननेता मदन भण्डारीबाट प्रस्तुत गरिएका असहमतिका २७ बुँदाहरुको सम्वोधन गरेको थियो । हामीले इतिहासलाई तथ्यगत र बस्तुवादी हिसावले ब्याख्या र पुष्टि गर्ने हो भने नेकपा बनेको समयमा होइन, पुर्नस्थापित संसदले नेपाली म्याग्नाकार्टाको घोषणा गरेको दिनमै नेपाली माओवादले मदन भण्डारी वा जवजलाई स्वीकार गरिसकेको थियो ।

विश्वका कम्युनिष्टहरुको अन्तिम लक्ष्य भनेको समाजवाद हुदै साम्यवाद नै हो । यो लक्ष्यमा पुग्न संसारभरका माक्र्सवादीहरुले अथक त्याग, वलिदान र योगदान गरेका छन । यो यात्रामा माक्र्सवादका थुप्रै प्रयोगहरु पनि भएका छन । नेपालमा पनि माक्र्सवादको प्रयोगका नाममा धेरै अभ्यासहरु भए तर जवजकै जगमा कम्युष्टिहरु अहिले यो अवस्थामा किन आइपुगे होला ? माक्र्सवादका नाममा देखिने दाहिने र देव्रे भडकावहरु किन माक्र्सवादीहरुकावीचमा टिक्न सकेनन ? यसको गहिरो समीक्षा गर्ने हो भने पनि नेपालमा जवज आवश्यकताका आधारमा प्रयोग गरिएको नयाँ सिद्धान्त थियो र त्यो सही थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी कम्युनिष्टहरु जहिले पनि समाजवादकै गन्तव्यमा पुग्न यात्रा गरिरहेका छौ । समाजवाद जड होइन, यसको पनि मौलिकता र सीर्जनशीलता हुन्छ ।

बैज्ञानिक समाजवाद भन्दा अगाडी रोवर्ट ओमन, सेण्ट साइमन र चाल्र्स फुरियहरुले युटोपियन अर्थात काल्पनिक समाजवादको विकास गरेको थिए । त्यो पनि त्यतिवेलाको नयाँ प्रयोग नै थियो होला । बैज्ञानिक समाजवादको विकास पछि संसारभर पुँजीवादी वा समाजवादी धु्रवमा यसलाई बुझने र प्रयोग गर्ने सन्दर्भहरु अलग अलग छन । चीनको समाजवाद, क्युवाको समाजवाददेखि वंगलादेशले पनि आफुलाई समाजवादी देश भनेर परिचित गराउने, उतर अमेरीकन देशहरुमा र फिनल्याण्ड, नर्वे र डेनमार्कमा भएका अभ्यासहरु हेर्दा समाजवाद पनि आँखा नदेख्ने मान्छेले हाती छामेजस्तो भएको छ ।

नेपालमा हामीले पनि उन्मुख समाजवाद देशकोरुपमा संवैधानिक व्याख्या गरेका छौ । तर हामीले यो समाजवादको विश्लेषण जडतामा होइन, बैज्ञानिक समाजवादको आफनो मौलिकता र सीर्जनशीलतामा खोज्नु पर्दछ । बैज्ञानिक समाजबादका जड शुत्रहरु घोकेकाहरुले जवजलाई समाजवादी कार्यक्रमकोरुपमा नबुझन पनि सक्दछन, तर जवज आफैमा समाजवादी कार्यक्रम हो, र यही विचारबाट मात्रै नेपाली मौलिकता र विशेषता सहितको समाजवाद निर्माण गर्न सकिन्छ । तर बुझनु पर्ने कुरा के हो भने विचार आफैले काम गर्दैन । यसको प्रभावकारी र परिणाममुखी कार्यान्वयन अहिलेको आवश्यकता हो । 

विश्वको कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको बेला, सोभियत युनियन र पुर्वी योरोपबाट समाजवादी विचार र झण्डाहरु ढलिरहेको बेला र नवउदारवादी विचारलाई अर्थराजनीतिक दर्शन मान्ने अमेरीकी राजनीतिकशास्त्री फ्रान्सिस फुकुयामाहरुले यो विचारलाई सत्तोसराप गर्दै इण्ड अफ द हिस्ट्री एण्ड लाष्ट मेन भनेर कितावहरु लेखिरहेको बेला नेपाली मौलिकता र बिशेषता सहितको माक्र्सवादको सिर्जनशील प्रयोगको रुपमा विकास गरिएको जवज विश्व कम्युनिष्ट आन्दोलनको नविन प्रयोग थियो । यो विचारले संसारभरका विस्तारवादी, पुँजीवादी, साम्राज्यवादी कित्ताहरुमाथि र समाजवादका विरोधी मोर्चाहरुमाथि एकसाथ हमला गरेको थियो । त्यसैले त बाध्य भएर साम्राज्यवादी देश भनेर किटान गरिएको अमेरीकी पत्रिका न्युजवीकले मदन भण्डारीलाई कार्लमाक्र्स अलिभ इन नेपाल भनेर उहाँको अन्र्तर्वार्ता प्रकाशन गर्न बाध्य भएको थियो ।  

आधार र उपरी संरचनाका परिवर्तनका तगाराहरु फेर्ने जिम्मा पाएकाहरुले जवजलाई अछुत दर्शनजस्तो व्यवहार गर्ने, योजना, नीति, कार्यक्रम मार्फतनै त आर्थिक सामाजिक रुपान्तरण गर्ने हो, यसका जिम्मा पाएकाहरुले उत्पादनका साधनहरुको स्वामित्व फेर्ने, उत्पादक शक्तिहरुको परिचालन गर्ने, र समग्रमा उत्पादन सम्वन्ध कसरी फेरिन्छ भन्ने कुरा थाहा नपाउने हो र नवउदारवादकै मतियार बनिरहने होे भने हामी समाजवाद, समृद्धि र सुखको बाटो कसरी हिडन सक्दछौ ? राज्य संरचनामा आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवाद निर्माणसम्मको लक्ष्य समेटिएको जवजको कार्यान्वयनमा वडादेखि केन्द्रसम्म जिम्मेवारीमा रहेका हामी सवैले एकपल्ट छातीमा हात राखेर सोचौँ त ? हामीले हाम्रो जिम्मेवारी मार्फत जवजले आत्मसात गरेको अर्थराजनीतिक ढाँचा निर्माण गर्न सक्यौ वा सकेनौ ? यदि सकेका छैनौ भने किन सकेनौ ? नजानेर, नबुझेर वा सिद्धान्त र व्यवहारको साङगोपाङगो मिलाउन नजानेर ? यही सिद्धान्तकाकारण अहिलेसम्म थुप्रै संख्यामा मन्त्री, माननीय, मेयर, उपमेयर, वडा अध्यक्षदेखि, योजना निर्माण, कार्यान्वयन, र राज्यका अन्य धेरै संरचनामा हामीले जिम्मेवारी पाएका छौ, तर हाम्रो दिमाग र काम गर्ने व्यवहारमा  जवज छैन भने तपाईले विद्यमान परिवर्तनका अवरोधकहरुको अवशेष नष्ट कसरी गर्न सक्नुहोला र ? हामीले आर्थिक सामाजिक रुपान्तरण गर्दे समाजवाद निर्माणको मार्गचित्र कसरी तयार गर्न सकौँला र ? एकपल्ट हामी सवैले म, म मात्र भन्यौ भने हामीले हाम्रो जननेता मदन भण्डारीप्रति र उहाँले प्रतिपादन गरेको सिद्धान्त प्रति न्याय र सम्मान गर्न सक्छौ ।