काठमाडौ, २७ असार– बलिउड अभिनेत्री सेनाली बेन्द्रे यतिबेला क्यान्सर रोगसँग लडिरहेकी छन् । उनले आफुलाई हाइग्रेड क्यान्सर भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन । 

केही समयदेखी क्यान्सरको उपचारका लागि न्युयोर्कमा रहेकी सोनालीले आफनो टवीटरमा कपाल काटदै गरेको नयाँ भिडियो सार्वजनिक गरेकी छन् । भिडियोसँगै उनले पोष्ट गरेकी छन् । –

उनि लेख्छिन, ‘मलाई मन पर्ने लेखिका इसाबेल अलेन्डेको शब्दमा भन्नुपर्दा, ‘हामीलाई तबसम्म आफु कतिसम्म साहसी छु भन्ने कुरा थाहा हुँदैन जबसम्म हामीभित्र लुकेर रहेको क्षमताको प्रयोग गर्न बाध्य हुँदैनौ । त्रासदी, युद्ध वा आवश्यक पर्दा मानिस साहसी हुने गर्छन् । 

समस्यासँग सामना गर्न र पुनः खडा हुन सक्ने सामथ्र्य मानव जगतको अदु्रत क्षमता हो ।’ केही दिनदेखी मैले सबैबाट स्नेह पाइरहेकी छु । म उनीहरुप्रति अनुग्रहित छु । जसले क्यान्सरसँग आफुलाई कसरी सामना गरे भन्ने सन्देश पठाए । 

तपाईहरुको कहानीले ममा साहस थपिएको छ । सबैभन्दा ठुलो कुरा त यस घडीमा म एक्लै छैन । म अब हरेक दिन बाँचिरहेकी छु । सकारात्मक सोचका साथ अघि बढने प्रयास गरिरहेकी छु ।