नेपाल र चीनबीच युगौँदेखि रहँदै आएको सुमधुर सामाजिक साँस्कृतिक सम्बन्ध भू–मण्डलीकरण प्रक्रिया, आधुनिक सूचना प्रविधि, उद्योग, व्यापार तथा वाणिज्यको विकास एवं नेपालमा नयाँ राजनीतिक परिवेश सिर्जना भएसँगै थप विस्तारित र गाढा भएको छ । अग्लाअग्ला हिमशृङ्खला र टाकुराहरूले दुई देशलाई भौगोलिक रूपमा विभाजित गरेका भएपनि भावनात्मकरूपमा लोभलाग्दो ढङ्गले जोडिरहेका छन् । दुबै देशका जनताका मनमुटुका तरङ्गहरूलाई पहाडहरूले छेक्न सकेका छैनन् बरु ती प्रतिध्वनित भएर गुञ्जिरहेका हुन्छन् । जनताका बीचमा भएको साँस्कृतिक सम्बन्ध यस्तो दरिलो र कसिलो छ कि जसले दुई राष्ट्रका बीचमा कायम हुने विभिन्न सम्बन्धलाई प्रभावित मात्र पार्दैनन् बरु कतिपय अवस्थामा त आपसी हितका विषयहरू निरुपित गर्न नै निर्णायक भूमिका समेत निर्वाह गरिरहेका हुन्छन् । 

नेपाल चीन बीचको सम्बन्धलाई पहिल्याउँदै जाँदा पाँचौँ÷छैठौँ शताब्दीमा तिब्बत चीनका नरेश स्रङ्गचङ्ग गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको विवाह भएको घटनालाई पनि एक महत्वपूर्ण विन्दुको रूपमा लिन सकिन्छ । हरितताराको नामले प्रख्यात भृकुटी एक नारीको रूपमा मात्र तिब्बतमा रहिनन् बरु शान्तिका अग्रदूत बुद्धका अहिंसा र मित्रताका सन्देशहरू एवं नेपाली कला तथा संस्कृतिलाई फैलाउने मैत्री तथा साँस्कृतिक दूतको रूपमा समेत प्रसिद्धि कमाइन् । विख्यात कलाकार अरनिको बाह्रौँ÷तेह्राँै आँै शताब्दीमा चीनमा गए र आफ्नो कलाकारिताले नेपाल चीन मैत्रीलाई थप फराकिलो तुल्याए ।

नेपाल चीन सामाजिक साँस्कृतिक मित्रताको अटल प्रतीकको रूपमा चीनको राजधानी बेइजिङमा अरनिकोद्वारा कुँदिएको सेतो प्यागोडा अवस्थित छ । यसैगरी विश्वप्रसिद्ध चीनियाँ यात्री हुएन साङले पाँचौँ÷छैठौँ शताब्दीमा नेपालको भ्रमण गरेका र बुद्धका सन्देशलाई विश्वव्यापी तुल्याउन महत्वपूर्ण योगदान गरेको विषय इतिहासमा छ । जनस्तरबाट विकसित यस प्रकारका नेपाल चीनबीचका घनिष्ट सम्बन्धका घटना र प्रवृत्तिहरू आगामी दिनका निम्ति समेत प्रेरणाको स्रोत बनिरहनेछन् । 

धर्तीको भूखण्डले आमरूपमा भाषा, संस्कृति, जातिगत बनोट र राष्ट्र निर्माण प्रक्रियाको ऐतिहासिक परिघटनाको माध्यमबाट अलग देशको रूप धारण गर्ने होे । मानव जाति एक ठाउँमा खुम्चिएर बस्न नचाहने, जीविका तथा सुख समृद्धिका लागि सहकार्यको प्रवृत्ति हुने, आधुनिकीकरणले अन्तरनिर्भरतामा बढोत्तरी ल्याउने भएकाले दुई देशबीचमा सम्बन्धका नयाँ आयाम र प्रवृत्ति पहिल्याउनु आवश्यक छ । यस परिवेशमा दुई देशका असल परम्परा र सभ्यताका विरासतहरूमा सम्बन्ध सुदृढीकरणको मार्ग पहिल्याउनु पर्दछ । यहि पक्षलाई आत्मसात गर्दै दुई देशका आपसी हितका सम्बन्धहरू थप मौलाउने वातावरण निर्माण गर्न नेपाल र चीन लागिपरेका छन् ।

अर्धसामन्ती तथा अर्ध औपनिवेशिक सामाजिक–आर्थिक र राजनीतिक सत्तालाई समाप्त पारेर सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरी नयाँ युगमा प्रवेश गरेको चीनसँग सन् १९५५ अगष्ट महिनामा नेपालको कूटनीतिक सम्बन्ध कायम भएको हो । अहिले दुबै देशले सुमधुर सम्बन्धका ६५ वर्षगाँठ मनाइरहेका छन् । नेपाल–चीन मित्रताको कडिको रूपमा एकअर्काको सार्वभौमिकतामाथि सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र आपसी हित तथा शान्तिपूर्ण सह–अस्तित्व जस्ता पञ्चशीलका सिद्धान्तहरू रहेका छन् । नेपालले निरन्तर रूपमा एक चीन नीतिको अवलम्बन गर्दै त्यसको कार्यान्वयन गर्न कुनै कसर बाँकी राखेको छैन ।

अर्धसामन्ती तथा अर्ध औपनिवेशिक सामाजिक–आर्थिक र राजनीतिक सत्तालाई समाप्त पारेर सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरी नयाँ युगमा प्रवेश गरेको चीनसँग सन् १९५५ अगष्ट महिनामा नेपालको कूटनीतिक सम्बन्ध कायम भएको हो । अहिले दुबै देशले सुमधुर सम्बन्धका ६५ वर्षगाँठ मनाइरहेका छन् । नेपाल–चीन मित्रताको कडिको रूपमा एकअर्काको सार्वभौमिकतामाथि सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र आपसी हित तथा शान्तिपूर्ण सह–अस्तित्व जस्ता पञ्चशीलका सिद्धान्तहरू रहेका छन् । नेपालले निरन्तर रूपमा एक चीन नीतिको अवलम्बन गर्दै त्यसको कार्यान्वयन गर्न कुनै कसर बाँकी राखेको छैन ।

चीन विरुद्व कुनै पनि राजनीतिक, सामाजिक तथा साँस्कृतिक गतिविधिको लागि आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धतामा नेपाल अडिग छ । तिब्बत चीनको अभिन्न अङ्ग रहेकोमा नेपाल स्पष्ट छ भने चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै त्यसलाई व्यावहारमा उतार्दै आएको छ । नेपाल चीन सम्बन्धका यी आम तर अति संवेदनशील विषयमा दुबै मुलुकहरू सदा एक ठाउँमा हुनु गौरव र गरिमाका विषयहरू हुने गरेका छन् । 

नेपाल चीन सम्बन्धलाई आर्थिक तथा साँस्कृतिकरूपमा सकारात्मक भूमिका निर्वाह गर्ने चीनद्वारा प्रवद्र्धित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) पनि एक हो । विश्वव्यापिरूपमै मित्रता, शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको उक्त महत्वपूर्ण प्रयासलाई अगाडि बढाउने समझदारीपत्रमा हस्ताक्षर भई हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको वृहत्तर संरचनाभित्र सडक, रेलमार्ग, उड्डयन, सञ्चार, बन्दरगाहको विकास कार्यान्वयनमा तिव्रता दिने विषयमा समेत दुबै देशबीच सहमति भएको छ । लामो राजनीतिक संक्रमणकाल, हिंसात्मक द्वन्द्वजस्ता कारणले आन्तरिक स्रोत साधनको परिचालन हुन नसक्दा पूर्वाधार विकास प्रयासमा सकस भोगिरहेको नेपालको समृद्धिको यात्रामा साझेदारी गर्ने चीनियाँ उदात्त भावनालाई सकारात्मक रूपमा लिनु पर्दछ । 

नेपालमा २०७२ सालको विनासकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको सर्वविदितै छ । चीन सरकारले सार्वजनिक भवन, पुरातात्विक साँस्कृतिक सम्पदा तथा शैक्षिक संस्थाहरू गरी करिब दुई दर्जन संरचना भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा कतिपय सम्पन्न भइसक्नु र बाँकीको तीब्रताका साथ कार्यान्वयन हुँदै जानु गाह्रो अप्ठ्यारो पर्दा छिमेकीले दर्शाउने सहयोग र सहानुभूतिको महत्वूर्ण आयामको रूपमा लिन सकिन्छ । विश्वव्यापी कोरोना महामारी कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि चीन सरकारको भौतिक सहयोग तथा प्रेरणाका निम्ति नेपालले सराहना गरिरहेको छ । 

द्विपक्षीय सहयोग अन्तर्गत प्राथमिकता प्राप्त विकास आयोजनाहरूको छनोट तथा कार्यान्वनमा तदारुकता देखाउने चीनको पहलकदमीलाई नेपालले ठूलो महत्वका साथ हेरेको छ । नेपालको उत्तरी भाग हिमाल र पहाडले ढाकेकाले त्यहाँ कम्तिमा पनि हवाई यातायात तथा सडक सञ्जाल पु¥याउने नेपालको प्रयास भइरहेकै हो । केही वर्ष अगाडि सम्म पनि उत्तरी विकट क्षेत्रमा रेलमार्ग सुचारु गर्ने कल्पना पनि गर्न सकिने अवस्था रहेको थिएन ।

विश्वमै अग्लो स्थानमा समेत रेल मार्गका निम्ति ख्याती कमाएको र रेल मार्गले देशका सबै कुनामा जोडेको चीनको प्रयासले नेपाललाई पनि उत्साहित तुल्याइरहेकै सन्दर्भमा नेपाल–चीन सीमापार रेलमार्गको अवधारणा अगाडि सारी त्यसलाई कार्यान्वयन तहमा लैजाने चीनियाँ पहलकदमी ऐतिहासिक उपलब्धी हो । सुरुङमार्गका लागि समेत नेपाल अगाडि बढ्नु पर्दछ भन्ने आकांक्षा जागृत गर्न चीन सक्षम भएको महसुस गर्न सकिन्छ । मित्रताको सन्देश फैलाउने दार्शनिक कन्फुसियसका शिक्षालाई गहिरोसँग आत्मसात गरिरहेको चीनले ‘हजार माइलको यात्रा पहिलो पाइलाबाट शुरु हुन्छ’ भन्ने सन्देशलाई कार्यान्वयन गर्न देखाएको तत्परताले असंभव भन्ने केही छैन भन्ने कुरालाई चरितार्थ गर्न लागिपरेको र नेपाल पनि त्यसमा अग्रसर हुन प्रेरणा मिलेको सजिलै अनुमान गर्न सकिन्छ ।

एक भूपरिवेष्ठित भएको नाताले सामुद्रिक बन्दरगाहसम्मको पहुँच यस देशले पाउनु पर्ने अन्तर्राष्ट्रिय कानूनी व्यवस्था बमोजिम नेपालले दक्षिणी छिमेकी मुलुकको बन्दरगाह उपभोग गर्दै आएको थियो । उत्तरी छिमेकी मुलुकको सामुद्रिक बन्दरगाह उपभोग गर्ने विषयमा खासै चिन्तन भएको पनि पाइएको थिएन । यो विषय अगाडि सार्दा दुबै छिमेकी मुलुुकको संवेदनशीतामा आँच पुग्ने हो कि भन्ने त्रास समेत नेपालमा रहेको थियो । तर अब त्यो असहजता तोडिएको छ र नेपाल चीन पारवहन सन्धि तथा यसको प्रोटोकलमा हस्ताक्षर भएको छ ।

सन् २०१६ मार्चमा हस्ताक्षरित नेपाल चीन पारवहन सन्धि तथा सन् २०१९ अप्रिलमा हस्ताक्षरित यसको प्रोटोकलमा दुवै देशले आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरिसकेपछि सन् २०२० जनवरी १ देखि कार्यान्वयनमा आएको छ । यस अन्तर्गत नेपालले चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ र यो कोशेढुङ्गा साबित हुनेछ । यसका लागि नेपालले चीनका विभिन्न चार सामुद्रिक बन्दरगाहहरू (टियान्जिन, सेन्जेन, लियान्युङ्गाङ्ग, झाजियाङ्ग) तथा तीन वटा सुख्खा बन्दरगाहहरू (ल्हासा, सिगात्से, लान्जाउ) प्रयोग गर्न सक्नेछ । यसरी नेपाल व्यापार तथा वाणिज्य विस्तारको नयाँ युगमा समेत प्रवेश गरिसकेको छ । 

नेपाल–चीन ठूला व्यापार साझेदार हुन् । त्यसो त चीनसँग नेपालको ठूलो व्यापार घाटा छ । त्यसैले चीनमा नेपाली वस्तुहरूको व्यापार सहजीकरण, उत्पादन क्षमता अभिवृद्धि, व्यापारिक प्रक्रियामा सरलीकरण तथा नेपाली चिजवस्तुहरूलाई भन्सार छुटका लागि चीन सरकारसँग आग्रह गरिंदै आएको अवस्था छ । चीनले अतिकम विकसित देशहरूले पाउने छुट अन्तर्गत आठहजार भन्दा बढी नेपाली वस्तुहरूमा छुट दिँदै आएको छ । नेपाली वस्तुहरूको बजार प्रवद्र्धनका लागि चीनस्थित नेपाली नियोगहरूले चीनमा आयोजना हुने विभिन्न व्यापार मेलाहरूमा समेत भाग लिँदै आएको अवस्था छ । यसबाट चीनमा नेपालको व्यापार अभिबृद्धिमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । 

नेपाल–चीन सम्बन्धलाई थप उचाईमा उठाएर सुदृढ तुल्याउन चीनले तेल तथा ग्यास अन्वेषण, सडक पूर्वाधार निर्माण तथा उर्जा क्षेत्रमा सहयोग, खानेपानी गुणस्तर सुधार आयोजना, उड्डयन क्षेत्र विस्तार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना, शैक्षिक क्षेत्रमा सहयोगजस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसैगरी नेपाल र चीनका विश्वविद्यालय तथा विभिन्न नगरहरूबीच भगिनी सम्बन्धहरू कायम हुँदै गएका छन् । सीमा क्षेत्रको व्वस्थापन तथा सुरक्षा, बैंक तथा वित्तिय संस्थाको सञ्चालन जस्ता विषयमा विषहरू अगाडि बढिरहेका छन् । यसबाट नेपालको पूर्वाधार विकास तथा आर्थिक विस्तारमा मद्दत पुग्नेछ । 

बजारमुखी समाजवादी अर्थव्यस्था अँगालेको नेपालको घनिष्ट मित्रराष्ट्र चीन विश्व अर्थतन्त्रको पहिलो बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा पदार्पण गरी संवैधानिक मार्गदर्शन बमोजिम न्याय र समानतामा आधारित समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र समृद्ध मुलुक निर्माण गर्ने दिशामा नेपाल प्रतिबद्ध छ । एक अर्काका आकांक्षा र सीमिततालाई राम्ररी बुझेका सधैँका छिमेकी नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन वर्षगाँठको वर्तमान परिवेशले प्रेरणा दिनेछ ।