काठमाडौं, ११ कात्तिक–आफ्नै पार्टीबाट बिद्रोह गरी महिन्दा राजपाक्षेलाई राष्ट्रपतिमा पराजित गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले फेरी पुराना शत्रुलाई प्रधानमन्त्री बनाएका छन् । दुई दिनअघि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट उनले निश्कासन गरेका थिए । 

राष्ट्रपतिका प्रतिस्पर्धी पूर्वराष्ट्रपति राजपाक्षेले प्रधानमन्त्री बनाउन निरन्तर दवाव दिएपछि आफ्नो पनि राजनीतिक भविश्य सुनिश्चित गर्ने उदेश्यसहित सिरिसेनाले यो कदम लिएका हुन् । तर पुराना दुई प्रतिस्पर्धीको यो रणनीतिक मित्रतासँगै टापु देशको राजनीति भने संकटमा परेको छ । 

राजनीतिक संकटसँगै राष्ट्रपति सिरिसेनाले शनिबार संसदको वैठक दुई साताका लागि स्थगित गरेका छन् । बिश्लेषकहरुका अनुसार, प्रधानमन्त्री  राजपाक्षेको पक्षमा बहुमत पूर्याउने योजना अन्तगर्त संसदलाई दुइ साताका लागि निलम्वन गरिएको हो ।   

राष्ट्रपतिका प्रतिस्पर्धी पूर्वराष्ट्रपति राजपाक्षेले प्रधानमन्त्री बनाउन निरन्तर दवाव दिएपछि आफ्नो पनि राजनीतिक भविश्य सुनिश्चित गर्ने उदेश्यसहित सिरिसेनाले यो कदम लिएका हुन् । तर पुराना दुई प्रतिस्पर्धीको यो रणनीतिक मित्रतासँगै टापु देशको राजनीति भने संकटमा परेको छ । 

तीन दशक लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि दुबै मिलेर भाबी राजनीति निर्देश गर्ने योजना बनाएको प्रष्ट देखिन्छ । राष्ट्रपति निर्वाचनताका राजपाक्षेले आफूलाई भारतीय खुफिया एजेन्सी ‘रअ’ को योजनामा निर्वाचनमा हराइएको बताएका थिए । उनले सिरिसेना ‘रअ’ का उम्मेद्वार भएको समेत आरोप लगाएका थिए ।

तर अहिले उनै सिरिसेनाले आफूलाई  उही भारतीय एजेन्सीको योजनामा मार्ने षड्यन्त्र भएको बताउँदै आएका थिए । त्यसबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत उनले वार्ता गरी आफ्नो चासो राखेका थिए । राष्ट्रपति सिरिसेनाले भारतीय संस्थापनको योजना अनुसार काम नगरेको भन्दै दिल्लीमा उनको आलोचना हुन थालेको थियो । खासगरी चीनलाई रोक्ने प्रयास अन्तगर्त उनलाई ल्याइएको तर उनीm पछि चीननजिक रहेको जस्ता टिप्पणी दिल्लीबृतबाट आइरहेका थिए ।      

संवैधानिक जटिलता सृजना भएपछि त्यसलाई समाधान गर्नेबारेमा राष्ट्रपति परामर्शमा लागे, जसको पहिलो उपाय संसद स्थगित देखेपछि त्यो गरे । राजापाक्षेमाथि मानबअधिकार हनन तथा भ्रष्टाचार गरेको आरोप लागेपछि पछिल्लो संसदीय निर्वाचनमा उनको दल श्रीलंका फ्रिडम पार्टीले नराम्रो पराजयको भोगेको थियो । 

राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षास्थिति मजबुत पारिएको छ ।

उता, शुक्रबार अपदस्थ प्रपधानमन्त्री बिक्रमासिंघेले संसद बैठक स्थगित गरिनुपूर्व नै संसदमा आफ्नो बहुमत रहेको दावी गर्दै संसदको आकस्मिक बैठक बोलाउन माग गरेका थिए । उनी असंबैधानिक कदमबिरुद्ध अदालत जाने तयारीमा छन् । विक्रमासिंघेले आफु अझै प्रधानमन्त्री रहेको दावी गर्दै प्रधानमन्त्री निवास टेम्पल ट्रिजलाई खाली गरेका छैनन् । सभामुख कारू जयसुरियाले प्रधानमन्त्रीका रूपमा राजापाक्ष वा विक्रमासिंघेलाई मान्यता दिने भन्ने बिषयमा निर्णय लिएका छैनन् ।