काठमाडौं,२७ चैत  – धुम्बाराहीस्थित स्मार्ट क्याफेमा मंगलबारदेखि ‘अन्तराष्ट्रिय ब्युटी वर्कसप’ सुरु भएको छ । एक्सपोज नेपालले आयोजना गरेको वर्कसपको उद्घाटन काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रवा खड्गीले  गर्नुभएको थियो  ।

कार्यक्रममा उपमेयर खड्गीले सौदर्य मानिसको ब्यक्तित्वसँग जोडिएको उल्लेख गर्दै आफ्नो ब्यक्तित्व विकास चाहिनेले न्युनतम भएपनि सौदर्यको ज्ञान राख्नुपर्ने बताउनुभयो ।

सुरसुधा तथा तबला बाधक सुरेन्द्र श्रेष्ठले सौदर्य सम्बन्धि अन्तराष्ट्रिय ब्युटि वर्कसपको महत्वको बिषयमा चर्चा गर्दै बेला-बेलामा आयोजना हुने वर्कसपले सौदर्य व्यवसायीलाई आफ्नो पेशाप्रति मर्यादिन बनाउन सहयोग गर्ने बताउनुभयो ।

८० ब्युटिसियनहरुको सहभागिता रहेको वर्कसप तीन दिनसम्म चल्नेछ । वर्कसपमा भारतिय मुलकी अन्तराष्ट्रिय ब्युटिसियन पारु पटेलले विशेष प्रशिक्षण दिनुहुनेछ ।

अन्तराष्ट्रिय जगतमा सौदर्य क्षेत्रमा भएको उतारचढाप जानकारी गराउने उदेश्यले वर्कसप आयोजना गरिएको एक्सपोज नेपालकी सिइयो अर्चना बस्नेतले जानकारी दिनुभयो  । ‘बिश्व बजारमा भएका सौदर्यको विकास , सौदर्यमा आएका नयाँ -नयाँ टेक्निक जानकारी वर्कसपमा मिल्ने छ’ बस्नेतले भन्नुभयो ‘आधुनिक सौदर्य तिर उन्मुख हुन यस्ता वर्कसप महत्वपुर्ण हुन्छ ।’