पोखरा, ३ वैशाख– प्रदेश ४ सरकारले नीति तथा कार्यक्रम आज ल्याएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबारको प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नीति तथा कार्यक्रममा कोरला–पोखरा र पोखरा–कोरला सडक निर्माणलाई जोड दिइएको छ भने मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने उल्लेख छ । 

प्रदेश सरकारले पहिलो वर्ष कानुन तर्जुमा तथा तथ्यांक वर्ष र आगामी वर्ष प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ । सरकारले मुख्य पर्यटन उर्जा कृषि र उद्योगलाई प्राथमिकतामा राखेको छ ।

पहिलो मन्त्रिपरिषदले घोषणा गरेको ८ बुँदे योजनालाई पनि जोड दिएको छ ।

हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने देशविदेशका प्रदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने, सहकारीलाई लगानीका लागि वातावरण बनाउने पनि उल्लेख छ ।